प्रथम दलवीर सिंह लोहार मैत्री पुरस्कार मुख्यमन्त्री सर्वानन्द सोनोवाललाई

Girl in a jacket
Guwahati: Assam Chief Minister Sarbananda Sonowal casts his vote during Presidential election, at Dispur in Guwahati on Monday. PTI Photo (PTI7_17_2017_000080A)

गुवाहाटी,26 दिसम्बरः अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु)-ले आज आफ्नो 42 औं स्थापना दिवसको अवसरमा स्वतन्त्रता सेनानी दलवीर सिंह लोहार मैत्री पुरस्कार घोषणा गरेको छ। राज्यका मुख्यमन्त्री सर्वानन्द सोनोवाललाई पहिलो पुरस्कारद्वारा अलङ्कृत गरिने आग्सुले निर्णय लिएको छ।
आग्सुका अध्यक्ष प्रेम तामाङले यसको जानकारी गराएका छन्। आगामी 8 जनवरीदेखि 11 जनवरीसम्म डिगबोइमा सम्पन्न पूर्वोत्तर गोर्खा महोत्सवको अवसरमा यो पुरस्कार मुख्यमन्त्री सोनोवाललाई प्रदान गरिनेछ। असमका विभिन्न जातिहरूबीच मैत्रीपूर्ण सम्बन्ध बनाउन सफल बनेकोमा अनि छात्र नेताको रूपमा पनि सोनोवालले दिएको योगदानलाई कदर गर्दै यो पुरस्कारद्वारा उनलाई अलङ्कृत गरिने निर्णय भएको तामाङले बताएका छन्। देशका गृहमन्त्री राजनाथ सिंहका बाहुलीबाट सोनोवाललाई यो पुरस्कार 11 जनवरीका दिन प्रदान गरिनेछ। उल्लेखनीय छ, दलवीर सिंह लोहार असमका अग्रणी स्वतन्त्रता सेनानी हुन्। उनी 1951 मा डिगबोइ निर्वाचन क्षेत्रबाट विधायक बनेका थिए। असमबाट विधायक बन्ने उनी पहिलो गोर्खा पनि हुन्। दलवीर सिंहको योगदानलाई कदर गर्दै आग्सुले उनको नाममा पुरस्कार शुरु गरेको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया