मन्सोङमा एक व्यक्तिको हत्या

कालेबुङ, 28 दिसम्बर


कालेबुङको मन्सोङमा सहदेव राई (53) नामक एक व्यक्तिको हत्या भएको जानकारी प्राप्त भएको छ। हत्याको कारण स्पष्ट नभए पनि सिक्किम निवासी निमा तामाङले लुटपाटको निम्ति उक्त व्यक्तिको हत्या गरेको आशङ्का गरिएको छ। हत्या आज बिहान 9 देखि 10 बजेभित्र गरिएको हुनसक्ने अनुमान लगाइएको छ।

घरकी जेठी बुहारी प्रमिला राईले दिएको जानकारी अनुसार मृतक व्यक्तिको केेही दिनपछि विवाह हुनेवाला थियो। जसको लागि घरमा सरसामानहरू जुटाउँदै थिए। तर आज बिहान अचानक उनको शव फेला पर्दा थुप्रै आशङ्का अड्कल सिर्जना भएको छ। यद्यपि हत्या गरिनुको मूल कारण लुटपाट नै हुनसक्ने अनुमान परिवार पक्षले लगाएको छ।
प्राप्त जानकारी अनुसार हत्याको आरोपी साइनोमा नाती पर्ने सिक्किम निवासी निमा तामाङ (22) हुन्। तर हाल उनी बेपत्ता छन्। अहिले उनको खोजी कार्य भइरहेको पुलिस सुत्रले जनाएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया