हावडाको एक पर्यटकको मृत्यु गाइडले गऱ्यो आत्महत्या

गान्तोक, 27 दिसम्बर। पश्चिम सिक्किमको रिब्दी भरेङ क्षेत्र मा भ्रमण गर्न आएका पश्चिम बङ्गालको हावडा निवासी 27 वर्षीय साइकेत सामान्ताको भ्रमण अवधीमा श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको छ। आफ्नो 9 साथीहरूको साथमा सिक्किम भ्रमणको निम्ति 21 दिसम्बर निस्केका सामान्ताको मृत्यु अप्पर रिब्दीमा आइपुग्दा श्वास प्रश्वासमा समस्या भएपछि  भएको टुरिस्ट गाइड सुरज राईले पुलिसलाई टेलिफोनमार्फत अवगत गराएका छन्। पुलिस सूत्रअनुसार सोमबारे पुलिस स्टेशनमा घटनाबारेमा सीआरपीसीको धारा 174 अन्तर्गत अप्राकृतिक मृत्युको मामिला दर्ता गरेर जाँच शुरु गरेको छ। पर्यटको मृतदेह पोस्टमर्टम पछि परिवारका सदस्यलाई जिम्मा लगाउने पुलिस सूत्रले बताएको छ। 21 दिसम्बरको दिन अन्तिम पल्ट भ्रमणको निम्ति निस्केको बताउँदै सामान्ताले सामाजिक सञ्जालमा आफ्नो साथीहरूसित फोटो सेयर गरेका छन्। मृत्युबारे अहिलेसम्म कुनै अन्य कारण अथवा शंकास्पद घटना देखा नपरेको पुलिसको भनाइ छ भने पुलिसले घटना बारे छानबीन गरिरहेको पनि बताएको छ।

अर्कोतिर रिब्दीकै 45 वर्षिय टुरिस्ट गाइड मिङ्मा नोर्बु शेर्पाले साइकेतको निधन भएकै जङ्गलको एउटा रूखमा घाँटीमा पासो लगाएर आत्महत्या गरेको छ। उनले 10 पर्यटकको टोलीलाई कोलकत्ताबाट पश्चिम सिक्किमको उत्तरे हुँदै प्याकेज ट्रेकिङको निम्ति लिएर गएका थिए। ट्रेकिङ पुरा गर्दै 26 दिसम्बरको दिन रिब्दी आइपुगेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया