टिस्टा बजारमा वाहन दुर्घटना

टिस्टा, 28 दिसम्बर


टिस्टाबाट सिलगढीतर्फ गइरहेको इको मेट वाहन (wb 73 c1369) टिस्टा थाना छेउ ब्रेक फेल भएर सोझै बाटो किनारको दोकानमा पस्यो। दुर्घटनामा परेर चार जना घाइते बनेका छन्। जसलाई उपचारको निम्ति कालेबुङ अस्पताल ल्याइपुर्‍याइएको छ।

जानकारी पाएअनुसार उक्त दुर्घटना आज बिहान 10 बजी भएको हो। क्षेत्रवासी सुबल लोहार अनि किरन छेत्रीको घरमा उक्त वाहन पस्दा घरको धेरै क्षति भएको छ। दुर्घटनामा परेर स्थानीयवासी बिरेन्द्र प्रसाद (55) उनको छोरा रितिक प्रसाद (21) छाँया छेत्री (42) अनि सतिस सिंह (22) घाइते बनेका छन्।

रितिक प्रसादलाई टाउकोमा भित्री चोट लागेको कारण अस्पतालबाट उनलाई सिलगढी रेफर गरिएको छ। अन्य घाइतेहरूलाई सामान्य चोट लागेको अनि उपचारको निम्ति अस्पतालमा भर्ना गरिएको छ। दुर्घटना गर्ने वाहन अनि चालक आकाश तामङ (19) लाई टिस्टा पुलिसले आफ्नो अधिनमा लिइएको छ ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया