हिउँको भुँवाले छोप्यो दार्जीलिङ

दार्जीलिङ, 28 दिसम्बर


दस वर्षपछि दार्जीलिङले हिउँ देख्यो। केहीदिनदेखि जाडो निक्कै बढेको थियो। आज साँझ हिउँका सेता भुँवा फुस्पुसिनु थाल्यो। जब हिउँ परेको थाहा पाए, मानिसहरू घरबाट बाहिर निस्किएर हिउँसित खेल्न थाले। पर्यटकहरूको त अझ खुशीको सिमा रहेन।

दार्जीलिङका विभिन्न ठाउँहरूलगायत कालेबुङ पारीको रिसाप, अलगढा अनि नेपालको इलामसम्म हिमपात देखापऱ्यो। लगभग 10 वर्ष अघाड़ि 28 जनवरी 2008 मा दार्जीलिङ शहरदेखि सिहँमारीसम्म हिमपात भएको थियो भने आज फेरि दार्जीलिङ शहर, सिहँमारी, जोरबङ्गलो, सुके पोखरी, सोनादालगायत धेरै ठाउँहरूमा लामो समयसम्म हिमपात हुँदा जनजीवन कष्टकर भएको छ। इलाम र पाँचथरको राँके बजार सहित माईजोमाई, सन्दकपुर  लगायत माथिल्लो भेगमा  पनि हिमपात बढी परेको छ।

कतिपय ठाउँमा बर्षासँगै पानी समेत परेकाले जनजीवन स्थानीयहरु दिनभर घरभित्रै बस्न बाध्य भए। अत्याधिक चिसो बढेकाले बालबालिका र वृद्धवृदा बढी प्रभावित छन्। एकाएक चिसो बढेपछि उनीहरुको नियमित दैनिक काम प्रभावित भएको हो।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया