गैरीबासले सम्झियो गिरी

गैरीबास, 28 दिसम्बर


जातीय कवि अगमसिंह गिरीको ९१औँ जन्म जयन्ती सुदुरवर्ती गैरीबासमा पनि विविध कार्यक्रमबीच पालन गरिएको समाचार प्राप्त भएको छ । समाजसेवी के० पी० ओझाको सभापतित्वमा सम्पन्न यस कार्यक्रमको मुख्यातिथि गैरीबास सिन्कोना बगानका व्यवस्थापक तथा लेखक कथाकार बिदुर कार्की थिए भने लेखक एवं समाजसेवी आर०बी० छेत्री, कवि प्रकाश कटेल विशिष्ट अतिथिको रुपमा उपस्थित दिए ।

कवि गिरीको प्रतिकृतिमा दीप प्रज्वलन तथा माल्यार्पणपछि सुरु भएको यस कार्यक्रममा आर०बी० छेत्रीले कवि गिरीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे अनि रमेश थापा र के०पी० ओझाले कविता पाठ गरे । प्रतिष्ठित सड्गीतकार प्रसाद रनपहेंलीको स्वरमा कवि गिरीको प्रसिद्ध गीत “नौ लाखे तारा उदाए……” ले दर्शकवृन्दलाई मन्त्रमुग्ध बनायो ।

यसबाहेक बालकलाकार रिधिश्री थापा अनि सफल गुरुडले मिठो गीत गाए भने बिदुर कार्कीले लघुकथा वाचन गरे । गैरीबास साहित्य मञ्चको तत्वावधानमा आयोजित यस कार्यक्रमलाई रविन गुरुडले सन्चालन गरेका थिए भने समाजका गण्यमान्य व्यक्ति , शिक्षक तथा विद्यार्थीवर्ग उपस्थित थिए ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया