सिक्किमको विभिन्न क्षेत्रमा धेरै हिमपात लगभग 6 सय वाहन पर्यटक फसे

गान्तोक, 28 दिसम्बर। सिक्किम हिउँदोको चरम चपेटमा परेको छ जसले गर्दा  उत्तर, दक्षिण र पूर्व सिक्किममा व्यापक हिमपात भएको छ।  हिउँ परेपछि चर्चित पर्यटकीय स्थल छाङ्गु, नाथुला र बाबा मन्दिर  घुम्न गएका पर्यटकहरूको लगभग 6 सय वाहन 15 माइल क्षेत्रमै फसेको छ। यसैगरि 15 वर्षपछि दक्षिण सिक्किमको राभाङलाले पनि यो वर्ष हिउँ परेको आनन्द उठान सकेको छ। राभाङला क्षेत्रमा दिउँसो हिउँ परेपछि चर्चित बुद्धपार्क र अन्य क्षेत्र सेताम्मे बनेको छ।

शुक्रबार अपराह्नदेखि नै राजधानी गान्तोकको मौसममा परिवर्तन हुँदै हावा पानी चल्न थाल्यो भने केही हल्का असिना पऱ्यो। अर्कोतिर गान्तोकको माथिल्लो भाग गणेश टक, टासी भ्यु पोइन्टमा बाक्लै असिना परेपछि राजधानीको तामपान घटेर 5 डिग्री सेन्टिग्रेड पुगेको छ।

उत्तर सिक्किमको लाचेन र लाचुङ तथा युमथाङ क्षेत्रमा व्यापक हिमपात भएको छ।उक्त क्षेत्र भ्रमणमा गएका पर्यटकहूरूमा खुसीको लहर देखिएको छ भन स्थानीय पर्यटन हितधारक र होम स्टे सञ्चालकहरूले थप पर्यटक आउने सम्भावना पालेका छन्।

पूर्व सिक्किमको छाङ्गु-नाथुला र नाथाङ घुम्न जाँदा हिउँमा फसेका पर्यटकहरूलाई निकाल्ने कार्य चलिरहेको छ। जसमा चेकपोस्ट पुलिसका प्रभारी सिलाश तामाङको अगुवाईमा पुलिस कर्मी, पर्यटन हितधारकहरू फसेका पर्यटकहरूलाई निकाल्न 15 माइलसम्मै पुगेका छन्। यसैगरि केही पर्यटकहरू पैदल हिँडैरे पनि गान्तोक तर्फ आए भने पुलिस र पर्यटन हितधारकहरूले आधा पर्यटकलाई गान्तोक सकुशल ल्याइ पुराएका छन् भने आधा पर्यटकलाई 15 माइल स्थित सेनाको छाउनीमा आश्रय दिएर सेनाले खाने वस्ने व्यस्था गरिदिएको सेना सूत्रले बताएको छ।  फसेका पर्यटकहरूलाई सहयोग भारतीय सेनाका जवानहरूले पनि गरिरहेका छन्।  रहेका पर्यटकहरूलाई शनिबार बिहानैदेखि फर्काइल्याउने अभियान चलाउने पनि चेकपोष्ट पुलिससूत्रले बताएको छ।

अर्कोतिर पर्यटन व्यावसायीहरूमा हिउँ परेपछि खुसी छाएको छ। वरिष्ठ पर्यटन व्यावसाय तेञ्जिङ लामाले हिउँ परेको खबरले सकरात्मक र नकरात्मक दुइ प्रकारको प्रचार हुने तर पनि हिउँ हेर्न दिल्ली र कोलकत्ताबाट सिक्किम आउने गरेको हुनाले हिउँ परेपछि बढ्ने सम्भावना व्यक्त गरे।

यसैगरि गान्तोक मौसम विभागको निर्देशक डॉ. जेएन राहले हिजो विहिबारदेखि नै मौसममा चिसो बढेको तथा वेस्टर्न डिस्टर्वेन्सको कारण पानी र हिउँ परेको बताए। उनले गान्तोक नजिकसम्म असिना परेको तथा उत्तर र पूर्व सिक्किमको हिमाली भेगमा हिमपात भएको जनाए। यसैगरि नयाँ सालको समय पनि हिउँ पर्ने सम्भावना व्यक्त गर्दै आज राजधानी गान्तोकको न्यूनतम तापमान 5 डिग्री सेन्टीग्रेड रेकर्ड गरिएको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया