पहाड़को सामाजिक, आर्थिक र शैक्षिक विकासको लागि सङ्गोष्ठी हुने

खरसाङ, 29 दिसम्बर


दार्जीलिङ पहाड़को सामाजिक, आर्थिक र शैक्षिक उन्नति कसरी गर्न सकिन्छ र यसको लागि कसरी पूर्वधारहरू निर्माण गर्न सकिन्छ भन्ने विषयमा सङ्गोष्ठी हुने भएको छ। गोजमुमो तीनधारे महानदी समष्टीको तर्फबाट गठित सङ्गोष्ठी समन्वय समितिको आयोजनामा आगामी 30 दिसम्बर आइतबारको दिन तीनधारेको 20 माइलस्थित स्मृति बनमा उक्त सङ्गोष्ठी हुने भएको छ।

सङ्गोष्ठी समन्वय समितिका संयोजक एंव गोजमुमो तीनधारे महानदी समष्टीका सचिव सञ्जीव लामाले बताए अनुसार यस सङ्गोष्ठीमा पहाड़को सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा काम गर्दै आइरहेका अनुभवी व्यक्तिहरूलाई वार्ता राख्न बोलाइनेछ।

विशेषगरी जीटीए बीओए अध्यक्ष बिनय तामाङ र उपाध्यक्ष अनित थापाको नेतृत्वमा नयाँ सोच र नयाँ विचार लिएर पहाड़मा विकासको क्रम बढ़िरहेको अनि त्यसै अनुरूप पहाड़को सामाजिक, आर्थिक र शैक्षिक उन्नतिको लागि अझ अघि बढ़ने कुरामा जोड़ दिइने भएको छ।

संयोजक सञ्जीव लामाले बताए अनुसार यस सङ्गोष्ठीमा विभिन्न क्षेत्रका व्यक्तिहरू जस्तै पर्यटन एक्सपर्ट ओसन लेप्चा, जेएनयुबाट पीएचडी गर्ने तीनधारेका सुपुत्र डा. विवस सेवा, खरसाङ कलेजको प्राचार्य डा. समीर बल, जिल्ला पाठशाला परिषदको चेयरम्यान छिरिङ दाहाल आदिले विभिन्न विषयमा वार्ता प्रस्तुत गर्नेछन्।

सङ्गोष्ठीमा प्रमुख अतिथिको रूपमा जीटीए बीओए उपाध्यक्ष अनित थापा अनि सभाध्यक्षको रूपमा खरसाङको विधायक डा रोहित शर्मा उपस्थित रहने जानकारी पनि तिनले दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया