खोलामा शव : खुलेको छैन परिचय

कालेबुङ, 30 दिसम्बर


र्‍याङ खोलामा एक युवकको मृत शरीर फेला परेको छ। मृतकको परिचय अहिलेसम्म खुलेको छैन। पुलिसले बिहान खोलामा नग्न अवस्थामा युवकको शव रहेको खबर पाएको थियो। घटनास्थल पुगेर हेर्दा लोहापुल र्‍याङ खोलाको बगरमा  युवकको मृत शरीर देखियो। १८-१९ वर्षको देखिने उक्त युवकको शवलाई स्थानीय युवाहरूको सहयोगमा रम्बी पुलिसले उद्दार गऱ्यो।

शवलाई कालेबुङ अस्पतालमा पोस्टमर्टमको निम्ति लगिएको छ।  थानाले बताएअनुसार युवकको परिचय खुल्न सकेको छैन। जहाँजहाँबाट मिसिङ डाइरी थियो, सबैमा सम्पर्क गरिसकेको छ। पोषटमर्टमपछि तीनदिनसम्म शव अस्पतालको लाशघरमा नै राखिनेछ। तीनदिनमा शव शिनाख्त भएमा परिवारलाई सुम्पिइने बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया