ऱ्यान्बो सङ्गठनले सिक्किममा निकाल्ने समलिङ्गी जागरुकता ऱ्याली

गान्तोक, 3 जनवरी। सिक्किम दार्जीलिङ क्षेत्रमा बसोबासो गर्दै आएका समाजका तेस्रो वर्ग अर्थात समलिङ्गी समूहको निम्ति काम गर्दै आएको रेन्बो सङ्गठनले एलजीबीटीक्यूआई-को कल्याणको निम्ति जगरुकता कार्यक्रम आयोजन गर्ने भएको छ। सिक्किमको राजधानी गान्तोकमा पहिलो पल्ट कोयर प्राइड वक भनेर एलजीबीटीक्यूआई-को अधिकार र समानताको नारा सितै राजधानी गान्तोकमा जागरुकता ऱ्याली निकाल्ने तय भएको छ। आगामी 27 जनवरीको दिन हुने जागरुकता ऱ्यालीको आयोजक ऱ्यान्बो सङ्गठनको पक्षमा सिक्किमका एक समलिङ्गी छिरिङ लाङ्चुक लेप्चाले समाजमा रहेको सोंचमा परिवर्तन गर्दै सरकारले तय गरेको कानुनको अधिकारलाई सुनिश्चित गराउँदै सिक्किम दार्जीलिङका समलिङ्गी समुदायमा पनि अधिकारको भावना जागरुक गराउऩु तथा समाजमा अन्य समुदाय जस्तै सम्मान पूर्वक बाँच्ने अधिकार सुनिश्चित गराउने उद्देश्यले यो ऱ्याली आयोजन गरिरहेको बताए। उनले सबै वर्गका मानिसहरूलाई यो कोयर प्राइड वकमा उपस्थित भएर एलजीबीटीक्यूआई-को अधिकार सुरक्षाको पहलमा समर्थन गर्ने आग्रह गरेका छन्। यसैगरी दार्जीलिङ क्षेत्रमा एलजीबीटीक्यूआई-को अधिकार बारे काम गरिरहेको मितज्यू सोसायटीका संस्थापक तथा समलिङ्गी कार्यकर्ता लाक्पा तामाङले यस्तै प्रकारको ऱ्याली दार्जीलिङमा आयोजन गरिसकेको तथा दार्जीलिङ क्षेत्रमा समलिङ्गीहरूको अधिकार माथि आम मानिसको धारणा पनि परिवर्तन हुँदै गएको बताए। अहिले आएर समलिङ्गीहरूकै निम्ति रेष्टुरेण्ट खोलेर उनीहरूलाई जीविकोपार्जनको माध्यम बनाउने पहल पनि शुरु भइसकेको बताए। अर्कोतिर उत्तर बङ्गाल र कोलकातालाई आधार बनाएर एलजीबीटीक्यूआई-माथि सिक्किम केन्द्रीय विश्वविद्यालयको अधिनमा शोध गरिरहेका ल्हमू डुक्पाले सिक्किमका एलजीबीटीक्यूआई-माथि पनि अध्यन गरिरहेको तथा सरकारले बनाएको कानुनलाई उपभोग गर्न र समाजमा खुलेर यस विषयमा अघि आउनु  नसक्नुको पछि सामाजिक रूढीको कारण सिक्किम बाहिर गएर आफूलाई खुल्ला रूपमा बताउने गरेको भएपनि सिक्किममा भित्रिएपछि एलजीबीटीक्यूआई-हरूले आफूलाई सङ्कुचित र भावनाहरू दवाएर राख्नुपर्ने स्थिति रहेको बताए। यी सबै कुराहरूलाई ध्यानमा राखेर नै कोयर प्राइड वक आयोजन गर्न लागिएको जनाए। उनले सरकारले प्रदान गरेको कानुनको सदुपोयग गर्नेको निम्ति समाजले पनि परिवेश सृजना गर्नुपर्ने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया