एचएसपी-ले पायो चुनाउ चिन्ह सीटी, सात जनवरीमा गर्ने दिल्लीमा धरना

गान्तोक, 3 जनवरी। हाम्रो सिक्किम पार्टीले आफ्नो चुनाउ चिन्ह सिटी पाएको छ। चुनाउ आयोगले बुधबार पार्टीको आवेदन अनुसार सिटीको चिन्हलाई अनुमोदन गर्दै हाम्रो सिक्किम पार्टीको निम्ति पञ्जिकृत चिन्ह प्रदान गरेको हो। चुनाउ चिन्ह पाएपछि पार्टी उपाध्यक्ष भाइचुङ भोटयाले समर्थकहरूलाई सीटीको माला लगाउँदै सीटी फूकेर पार्टीको चुनाउ चिन्ह सार्वजनिक भएको घोषणा गरे। पार्टीको देउराली स्थित मुख्यालयमा चुनाउ चिन्ह सार्वजनिक कार्यक्रम सितै संक्षिप्त पत्रकार सम्मेलनमा आगामी सात जनवरीको दिन नयाँ दिल्लीको जनतर मन्तरमा हाम्रो सिक्किम पार्टीले लिम्बू तामाङको आसन आरक्षण, नेपालीको सीट पुनर्वहाल, छुटेका एघार जात गोष्ठीलाई जनजातिको मान्यता र सिक्किममा भ्रष्टचार समाप्त गर्नुपर्ने माग लिएर एक दिवसीय धरना कार्यक्रम आयोजन गर्ने घोषणा पनि गरेको छ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भाइचुङ भोटियाले चुनाउ आयोगलाई पठाएको चुनाउ चिन्हको आवेदन स्विकृति भएको र पार्टी कार्यकर्ताहरूले चाहे जस्तै चुनाउ चिन्ह पाएकोमा खुशी व्यक्त गर्दै अब हाम्रो सिक्किम पार्टीले राजनीतिक खेलको निम्ति पनि सीटी बजाएर जनतालाई जगाउने र सीटी बजाएरै सत्ता परिवर्तनको खेल पनि अन्त्य गर्ने दावी गरे। यसैगरी नयाँ दिल्लीमा हुने धरना केन्द्र सरकारको अघि ध्यान आकर्षण गर्नु र सत्तारूढ एसडीएफ सरकारले अहिलेमसम्म सम्बोधन गर्न नसकेको मागहरूलाई जोरदाररूपमा उठाउने रहेको बताए। उनले दिल्लीको कार्यक्रम पछिनै चुनावी कार्यक्रमहरूलाई लिएर सीटी बजाउँदै गाउँ पस्ने पनि जानकारी दिए। पत्रकार सम्मलेनमा मुख्यमन्त्री पवन चामलिङले केन्द्र सरकारलाई दोषारोपण गर्नको साटो माग पूरा नभएकोमा एनडीए र नेडाको सदस्यताबाट बाहिरिनुपर्ने माग पनि राखे। कार्यक्रममा उपाध्यक्ष तारा श्रेष्ठ, प्रवक्ता विराज अधिकारी, महासचिव दिलिप राई र अन्य अघिल्लो पङ्तिका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares