फेरि हिमपात हुने सम्भावना

दार्जीलिङ, 3 जनवरी


दार्जीलिङ एवं सिक्किमका पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको छ।  मौसम विभागका सिक्किम प्रभारी गोपानाथ शाहाले यस्तो सम्भावना रहेको जनाएका छन्।  एकहप्तासम्म सिक्किमदेखि दार्जीलिङसम्मको तापमान घट्नेछ। दुइदिनसम्म सिक्किम र दार्जीलिङमा मात्थिलो हिस्सामा हिउँ पर्ने सम्भावना छ,’ शाहाले भने, ‘दार्जीलिङमा एकहप्तासम्म 3-4 डिग्री सेल्सियससम्म तापमान रहनेछ। सिक्किममा 5-6 डिग्री सेल्सियससम्म तापमान रहनेछ।’

शाहाअनुसार दिसम्बर अन्तिम सातामा जहाँजहाँ हिउँ परेको थियो, फेरि त्यहीँ त्यहीँ हिउँ पर्न सक्छ। 15 दिनदेखि पहाडको मौसम अचानक परिवर्तन भइरहेको छ।  18 दिसम्बर दार्जीलिङको सन्दकफू, सीमाना, उत्तर सिक्किमको ल्हाचेन, ल्हाचुङ र भारत चीन सीमावर्ती क्षेत्र छाङ्गु झील, सेरेथाङ, बाबा हरभजन मन्दिर, नाथुला आदि क्षेत्रमा हिउँ परेको थियो।

दार्जीलिङको तापमान साढ़े तीन डिग्री सेल्सियससम्म पुगेको थियो।  28 दिसम्बर परेको हिमपातले धेरैवर्षको रेकर्ड नै तोडेको थियो। दार्जीलिङ,  मिरिक, खरसाङ र कालेबुङ वरिपरि हिमपात भएको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares