श्रमिकको हितमा जोन बारलाको टोलीले सुम्पियो केन्द्रीय उद्योग व वाणिज्य मन्त्री सुरेश प्रभुसमक्ष ज्ञापन

‘हामीले  केन्द्रीय उद्योग एवं वाणिज्य मन्त्रीसित भेटेर सबै कुरा राखेका छौं।  संसदमा यस्तो कानून ल्याइयोस् जहाँ मालिक पक्षलाई कार्वाही गर्ने प्रावधान होस्,’ बारलाले भने, ‘सधैँ श्रमिकमाथि मात्र कानून लागू हुने गरेको छ। तर मालिकलाई लाग्दैन। यसै कारण मनमानी चल्छ। यस्तो कानून होस्, जसले श्रमिर र मालिललाई न्याय गरोस्।’


डुवर्स, 3 जनवरी


भारतीय टी वर्कर्स यूनियनका चेयरम्यान जोन बारलाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले नयाँ दिल्लीमा केन्द्रीय उद्योग व वाणिज्य मन्त्री सुरेश प्रभुसित भेट गरेर 13 सूत्री मागपत्र सुम्पिएको छ। टोलीमा दार्जीलिङका सांसद सह केन्द्रीय राज्य मन्त्री एसएस अहलुवालिया पनि सामेल थिए। मागपत्रमा चिया श्रमिकहरूको निम्ति पिउने पानी, स्वास्थ्य सेवा, न्यूनतम मजदूरी, जमीनको पट्टा, शिक्षा व्यवस्थालगायत धेरै बुनियादी समस्याहरू उल्लेख छ।

तराई-डुवर्स एवं हिल्स भारतीय टी वर्कर्स कमिटीका चेयरम्यान जन बारलाले देश स्वाधिन भएको 70 वर्ष पुग्दासमेत  श्रमिकहरूको जीवनमा कुनै परिवर्तन नआएको भन्दै श्रमिकहरूको समस्या अझ बढिरहेको अनि  प्रवन्धकहरूको अत्याचार पनि बढिरहेको बताए।

‘हामीले  केन्द्रीय उद्योग एवं वाणिज्य मन्त्रीसित भेटेर सबै कुरा राखेका छौं।  संसदमा यस्तो कानून ल्याइयोस् जहाँ मालिक पक्षलाई कार्वाही गर्ने प्रावधान होस्,’ बारलाले भने, ‘सधैँ श्रमिकमाथि मात्र कानून लागू हुने गरेको छ। तर मालिकलाई लाग्दैन। यसै कारण मनमानी चल्छ। यस्तो कानून होस्, जसले श्रमिक र मालिकलाई न्याय गरोस्।’

बारलाअनुसार सुरेश प्रभुले शीघ्र नै उत्तर बङ्गालको भ्रमण गर्नेछन्। यसैबीच डुवर्सका बगानहरूको पनि जायजा लिनेछन्। टोलीमा नेता गङ्गा शर्मा, जुगल झा, मनोज भुजेल, असीम लामा पनि उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया