राज्य सरकारका कर्मचारीहरूले जनवरीदेखि 125 प्रतिशत महङ्गाई भत्ता पाउने : यो नयाँ कुरा होइन-कमिटी

सिलगढी, 4 जनवरी


राज्य सरकारका कर्मचारीहरूले जनवरी महिनेदेखि मूल वेतन (बेसिक पे) 125 प्रतिशत महङ्गाई भत्ता (डीए) पाउनेछन्। एक प्रशासनिक बैठकमा मुख्यमन्त्री ममता व्यानर्जीले भनेअनुसार  राज्य सरकारका कर्मचारीहरूलाई महङ्गाई भत्ताको एक किस्ती 18 प्रतिशत र 10 प्रतिशत अन्तरिम राहत दिने घोषणा अघिल्लो वर्षको जुन महिनामा नै गरिएको थियो।

अब कर्मचारीहरूले जनवरी महिनादेखि त्यो राशि पाउनेछन्। ‘सरकार आर्थिक सङ्कटमा छ, तरै पनि घोषित महङ्गाई भत्ता दिने भएका छौं,’ मुख्यमन्त्रीले भनिन्।

यता मुख्यमन्त्रीको घोषणालाई छली काम बताएको छ वामपन्थी सङ्गठनको राज्य कोआर्डिनेशन कमिटीले।

‘हरेक नयाँ वर्षको शुरुमा महङ्गाई भत्ता दिइन्छ नै, यो कुन नयाँ कुरा भो र?,’ कमिटीका सचिव विजय शङ्कर सिंहले भने, ‘यो त लोकसभा चुनाउको लागि कर्मचारीहरूको भोट फकाउने मेलो न हो। तर कर्मचारीहरू ममता राजसित खुशी छैनन्।’

उनीअनुसार 25 प्रतिशत डीए दिएपनि अझ 38 प्रतिशत बाँकी नै छ। अहिले पनि केन्द्र सरकारका कर्मचारीहरूको तुलनामा र राज्य सरकारका कर्मचारीहरूको महङ्गाई भत्तामा 23 प्रतिशतको अन्तर छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares