सन्दर्भमा-11 जातगोष्ठीलाई जनजातिको मर्यादा : आलोचनामा भाजपा र विमल

भाजपाले अन्तिम थोपा रस रहेसम्म निचोरर खोस्टा विमल गुरुङलाई चुनावपछि कहाँ फ्याँक्नेछन् भन्ने कुरा अहिलेनै बुझेको राम्रो हो। किन भने भाजपा गोर्खाहरू प्रति पटक्कै इमान्दार छैन।


कालेबुङ, 4 जनवरी


केन्द्रको क्याबिनेट वैठकले संसदमा अरूणाचल प्रदेशको सन्दर्भमा अनुसूचित जनजाति संविधान संशोधन बील पेश गर्ने भएपछि पहाडमा 11 जातगोष्ठीको चर्चा चुलिएको छ। गोर्खा जनमुक्ति मोर्चा ( विनय खेमा) ले त सोझै भाजपाले पहाडका लोप्पा खुवाएको भन्दै  विनय तामाङले भाजपा र विमल गुरुङ खेमाको धोकाको पर्दाफास नै गर्ने घोषणा गरेको छ।

विनय तामाङ खेमा मोर्चाको भनाई छ, ‘भाजपाले 11 जातलाई जनजाति बनाउने बील ल्याउन त परैको कुरा मुद्दालाई सम्बोधन नै गरेन। सँधैजस्तो यसपल्ट पनि भाजपा र विमल गुरुङ मिलेर जनतालाई धोका दियो।’

11 जातलाई जनजातिको मर्यादा दिनुपर्छ भन्ने मागमा विमल खेमा मोर्चाले केन्द्रमा चाप बनाइराखेको छ। विमल खेमा मोर्चाले नै यो मुद्दामा प्रतिबद्ध पहल गरिरहेकै छ। मन्त्रीहरूसित कुरा गर्नदेखि लिएर भाजपालाई मुद्दाको सवेदनशीलता बुझाउनसम्मै विमल खेमा मोर्चाले काम गरिरहेको छ। यो मुद्दाको सन्दर्भमा विनय तामाङ खेमा विमल गुरुङको खेमाको विपक्षको भूमिकामा छ।

विनय खेमा मोर्चाले यो बिल ल्याउनमा केन्द्रलाई कुनै दवाब दिइरहेको छैन, तर भाजपा र विमल खेमाले बचन दिएर पूरा नगरेकोमा व्यापक आलोचना भने गरिरहेको छ। यता जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्री अनि भारतीय गोर्खा परिसङ्घका राष्ट्रिय कार्यकारी अध्यक्ष मुनिष तामाङले पनि भाजपाले गोर्खाहरूप्रति विश्वासघात गरेको बताएका छन्।

गफसफडटकमले छापेको खबरमा हर्कबहादुर छेत्रीले भनेका छन्, ‘जनजातिको मुद्दा सन् 2016 देखि नै प्रधानमन्त्रीको टेबलमा छ। सहीछाप भएपछि पास भइहाल्नेछ भन्ने दाबी गरिएको हो। तर, त्यो अहिलेसम्म पारित भएन। यहाँ जनजातिको मान्यता दिनका निम्ति राज्यमा सिआरआई अनि केन्द्रमा आरजेआई छ। जबसम्म सिआरआईले पास गरेर केन्द्रमा आरजेआईले पास गर्दैन तबसम्म यो सम्भव छैन। हाम्रा मानिसहरूले यहीँ गाँठी कुरा बुझेनन्। आज अरुणाचल प्रदेशमा दुईवटै क्याटोगरी पास गरेपछि त्यहाँ कुनै विवाद हुँदैन अनि यसले आगामी लोकसभा चुनावमा सघाउ पुग्छ भन्ने ठानेर भाजपाले यो क्याबिनेटमा पारित गरेको हो।’

डा. छेत्रीले दाबी छ, यसपालिको शीतकालिन सत्रले भाजपा पहाडमा चुनाव जित्न बाहेक अन्य कुनैपनि मुद्दामा इमान्दार छैन। यो अवस्थामा विमल गुरुङले जनताति ल्याउँछैल्याउँछ भन्नेहरूलाई झक्झकाउने काम हो।

‘भाजपालाई विमल गुरुङ र उनका समर्थकहरूको भोट चाहिएको थियो। त्यसैकारण भाजपा नेताहरूले गुरुङलाई 11 जातलाई जनजाति बनाइदिनेछौँ भनेर आश्वासन दिएका हुनसक्छन्। किन भने विमल गुरुङ हातबाट फुत्क्यो भने भाजपालाई पहाडमा समात्ने र टेक्ने ठाउँ नै रहँदैन,’ छेत्रीले भनेका छन्, ‘तर यहाँ भाजपा आफैलाई चुनाव अघि गतिलो पदक्षेप लिनुपर्ने भएको कारण त्यसले भाजपा गोर्खाहरूप्रति कतिसम्म इमान्दार छन् भन्ने प्रमाणित भयो। यो कुरा विमल गुरुङ आफैले पनि यतिबेला बुझ्न पर्ने हो। भाजपाले अन्तिम थोपा रस रहेसम्म निचोरर खोस्टा विमल गुरुङलाई चुनावपछि कहाँ फ्याँक्नेछन् भन्ने कुरा अहिलेनै बुझेको राम्रो हो। किन भने भाजपा गोर्खाहरू प्रति पटक्कै इमान्दार छैन।’

यता मुनिश तामाङअनुसार भारतभरिका गोर्खाहरूले क्याबिनेट वैठकमा गोर्खाहरूको 11 जातगोष्ठिको जनजाति बनाउने सन्दर्भमा प्रास्ताव पारित गर्नेछ भन्ने अपेक्षा साँचेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको उक्त क्याबिनेट वैठकले केवल अरुणाचल प्रदेशका अनुसूचीत जनजातिको निम्ति संविधान संशोधन बिल पेश हुने स्वीकृतिले यो शितकालिन सत्रमा 11 गोर्खा जात गोष्ठीलाई जनजाति बनाउने बील पेश हुन सम्पूर्ण सम्भावना लुप्त भएर गएको छ।

भागोपको प्रतिनिधी टोलिले धेरैचोटी केन्द्रिय मन्त्रीगणलाई भेटघाट गरेर यो मुद्दा उठाएको पनि  उनले उल्लेख गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares