विनय खेमा मोर्चाको चिन्तन सभा शुरु : बनिनेछ लोकसभा रणनीति

विनय खेमालगायत, गोरामुमो अनि अरु झिनामसिना पार्टीलगायत विभिन्न वोर्डहरूलाई अहिलेदेखि नै दवाब हुन थालेको छ। उनीहरू सबैले तृणमूल काङ्ग्रेसको सरकारलाई भरोसा दिन सकिरहेको छैन। किन भने पहाडका सबै बोर्डका मानिसहरूले राज्य सरकारमा रहेको दललाई भोट दिइरहेको छैन। विनय तामाङ खेमा मोर्चासित जनता सन्तुष्ट छैन। यता भाजपाले पनि अन्तिम बेला कुनै पनि गोटी फ्याँक्न सक्छ। पहाड सुहाउँदो कुनै पनि कुरा भाजपाले पहाडलाई दिनसाथ राजनैतिक समिकरण नै अर्कै बन्ने सम्भावना छ।


दार्जीलिङ, 4 जनवरी


गोर्खा जनमुक्ति मोर्चा विनय तामाङ गुटले सुकना स्कुलमा चिन्तन सभा शुरु गरेको छ। सभामा अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापा, प्रवक्ता सुरज शर्मालगायत 251 प्रतिनिधिले अंशग्रहण गरेका छन्। विनय तामाङले सभामा लत्तोस्तरका नेताहरूले मात्थिलोस्तरका नेताहरूसित सोझै आफ्ना कुरा राख्न पाउने बताएका छन्।

मुख्यगरी पार्टीको संविधानबारे सभामा चर्चा हुनेछ। पार्टीको रणनीति, जनाकांक्षालाई सम्बोधन गर्ने कार्यशैली र साङ्गाठानिक विस्तारणबारे पनि चर्चा हुनेछ।  यस्तै बैठक हरेक बुथस्तरमा पनि हुनेछ।

मुख्यगरी लोकसभा चुनाउमा हरेक कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे यसै सभामा रणनीति बुनिनेछ। शीर्ष नेताहरूले पार्टी प्लानिङबारे जाकारी दिनेछन्। सबैको विमर्शमा पार्टीको चुनाउ रणनीति तय हुनेछ। हरेक क्षेत्रमा पार्टीलाई जनप्रिय बनाउन अनि उनीहरूको भरोसा जित्ने कार्यपालिका बनाइनेछ। जनताको मूल सपनालाई सम्बोधन गर्ने अनि पहाड, तराई र डुवर्सबिच मैत्रिक सम्बन्ध बनाउनेबारे पनि चर्चा हुनेछ। दुइदिन चल्ने चिन्तनसभामा निस्किएको निष्कर्ष अन्तिम दिन पत्रकारहरूमाझ राखिने बताइएको छ।

यसपल्ट लोकसभा चुनाउमा विनय खेमा मोर्चाको लागि धेरै जोखिम छ। विनय तामाङलाई आफ्नो वर्चस्व देखाउन अनिवार्य बनेको छ।

सूत्रअनुसार विनय खेमाले पहाडमा आफ्नो वर्चस्व देखाएमात्र राज्य सरकार जिटिएको चुनाउ गर्ने पक्षमा छ। विनय तामाङहरूले निरन्तर जिटिए चुनाउको लागि राज्य सरकारलाई दवाब दिए पनि विनय खेमा पहाडमा लोकप्रिय हुन नसकेको अनि चुनाउमा राम्रो पर्फर्मेन्स गर्न नसक्ने देखिएकोले नै जिटिए चुनाउ गर्ने रिस्क राज्य सरकारले लिन सकेको छैन।

विनय तामाङहरू पहिले जिटिए चुनाउ चाहन्छ। तर राज्य सरकार पहिले लोकसभा चुनाउ चाहन्छ। पहिले जिटिए चुनाउ भयो भने विनय खेमालाई त्यो चुनाउ जित्न अनिवार्य हुन्छ। जिटिएमा विनय खेमाको वर्चस्व रहेमात्र तृणमूल काङ्ग्रेसको सरकारले विनय तामाङहरूमाथि भरोसा गर्न सक्छ।

राज्य सरकार विनय तामाङहरूले जिटिए चुनाउ जित्न सक्नेबारे विश्वस्त बन्न सकेको छैन। यसकारण लोकसभा चुनाउपछि नै जिटिए चुनाउ गर्ने पक्षमा राज्य सरकार रहेको सबैको अनुमान छ।

यदि पहिले लोकसभा चुनाउ भयो भने तृणमूल काङ्ग्रेसका उम्मेदवारलाई पहाडबाट जिताएर संसद पठाउनुपर्ने चुनौति सबै राज्य सरकार नजिकका पहाडी दलहरूलाई छ।

विनय खेमालगायत, गोरामुमो अनि अरु झिनामसिना पार्टीलगायत विभिन्न वोर्डहरूलाई अहिलेदेखि नै दवाब हुन थालेको छ। उनीहरू सबैले तृणमूल काङ्ग्रेसको सरकारलाई भरोसा दिन सकिरहेको छैन।

किन भने पहाडका सबै बोर्डका मानिसहरूले राज्य सरकारमा रहेको दललाई भोट दिइरहेको छैन। विनय तामाङ खेमा मोर्चासित जनता सन्तुष्ट छैन। यता भाजपाले पनि अन्तिम बेला कुनै पनि गोटी फ्याँक्न सक्छ। पहाड सुहाउँदो कुनै पनि कुरा भाजपाले पहाडलाई दिनसाथ राजनैतिक समिकरण नै अर्कै बन्ने सम्भावना छ।

अहिले 11 जातलाई जनजातिको मर्यादा नदिएको भन्दै विमल गुरुङ खेमा मोर्चा र भाजपालाई तृणमूल काङ्ग्रेस र तृणमूल काङ्ग्रेस सरकार नजिक रहेका पहाडका राजनैतिक दलहरूले डटेर आलोचना गर्न शुरु गरिसकेको छ।

11 जातलाई दिइने भनिएको जनजातिको मुद्दाले पनि लोकसभा चुनाउमा धेरै अर्थ राखेको छ। तर भाजपाले जे पनि गर्न सक्छ। यदि जनजातिको मर्यादा दियो भने पक्का छ, यसपालि लोकसभा चुनाउमा भाजपाले नै बाजी मार्नेछ। किन भने लोकसभा चुनाउ जितेर पहाडका प्रतिनिधिले सांसदमा माग्नुपर्ने पनि भाजपा सरकारलाई नै हो।

विपक्षबाट गएका सांसदले संसदमा कुनै कुरा न माग्न सक्छ, न जनताको आवाज नै उठाउन सक्छ। यस्तोमा भाजपाले जनजातिको मर्यादा दिने वित्तिकै केही मौकाखोर राजनैतिक दलहरू भाजपाको पक्षमा पल्टिने सम्भावना पनि उत्तिकै छ।

केन्द्रमा भाजपाको सरकार रहेसम्म पहाडबाट भाजपा समर्थित उम्मेदारलाई जिताएर पठाउनु नै पहाडकोलागि फाइदाकारी छ। तृणमूल काङ्ग्रेसका उम्मेदवारलाई जिताएर पठाउनु भनेको भाजपासित सोझै दुश्मनी मोल्नु हो। दार्जीलिङजस्तो सानो ठाउँलाई केन्द्रले माग्ने वित्तिकै कुनै कुरा दिने सम्भावना छैन। तर दलीय रणनीति बलियो बने र भाजपालाई दवाब दिन सके धेरै कुरा हुन सक्ने सम्भावना उत्तिकै छ।

तर पहाडमा भाजपालाई दवाब दिनको साटो आलोचना मात्रै गरेर विपक्षले राजनैतिक स्वार्थ मात्र देखाइरहेको छ।

यो कुरा राज्य सरकारलाई पनि थाहा छ, विनय खेमा मोर्चालाई पनि थाहा छ। यसै कारण चिन्तन सभामा यी सबै समस्या र सम्भावनालाई केन्द्रमा राखेर चर्चा हुने सम्भावना छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares