के भनेर खाए नगरपार्षदहरुले कसम?

 अनुदेश-पत्र


म  श्री /श्रीमती/
पूर्ण चेतना अनि विवेकको साथमा गोरखा जनमुक्ति मोर्चा , केन्द्रिय समितिद्वारा जारी
गरिएको अनुदेश पत्रलाई सह्रदय स्वीकार गर्दै आफ्नो हस्ताक्षर सहित शपथ
ग्रहण गर्दछु ।

1.      गोरखा जनमुक्ति मोर्चा पार्टीको संविधान अनि आचार संहितालाई सदैव
शिरोपर राखी आफ्नो कार्य निष्ठा अनि पूर्ण इमान्दारिताको साथ पूरा
गर्नेछु। कुनै पनि परिस्थितिमा उक्त संविधान र आचार संहिताको उल्लघंन अनि
अपमान गर्ने छुइँन ।

2.      आफ्नो जाति र दीर्घकालीन जातीय मुद्दा गोरखाल्याण्डको निम्ति सदैव
समर्पित रहनेछु। यसको निम्ति पार्टीको निर्णय अनि निर्देशलाई कुनै पनि
परिस्थितिमा विरोध गर्ने छुइँन। पार्टीले लिएको निर्णय अनि निर्देशलाई
सर्वोपरी ठान्दै म दिलोज्यानले आफ्नो सहभागिता जनाउनेछु ।

3.      शहर-बजारको शान्ति सुरक्षा, स्वच्छता अनि सुन्दरीकरणको निम्ति म मेरो
पूर्ण दक्षता अनि प्रतिवद्धताको साथ कार्य गर्नेछु। सर्वसाधारण जनताको
बुनियाँदी असुविस्ता अनि समस्याहरूमाथि सदैव आफूलाई सेवा भावको साथ
समाधानार्थ कार्य गर्नेछु ।

4.      चुनाउमा घोषित एवं प्रकाशित घोषणापत्रलाई जनताको धर्मग्रन्थको दर्जा
दिएर त्यसमा उल्लेखित सम्पूर्ण बूँदाहरू आगामी पाँचवर्षको कार्यकाल अवधि
पूर्ण गर्ने प्रण गर्दछु ।

5.      प्रत्येक नगरपालिकालाई सुचारूरूपमा सञ्चालन गर्न, भ्रष्टाचारमुक्त औं
कुशल प्रशासन प्रदान गर्न हेतु गोरखाल्याण्ड क्षेत्रीय प्रशासन अनि गोरखा
जनमुक्ति मोर्चाबाट निरीक्षण एवं परामर्श कमिटी गठन गरिनेछ। उक्त कमिटीको
छहारीमा रहेर म आफ्नो वार्डक्षेत्रको विकास, व्यवस्थापन अनि समस्याहरूको
समाधान गर्नेछु ।

6.      प्रत्येक नगरपालिकाका बोर्डले आफ्नो कार्यशैली, कार्य प्रगति औं भावी
परियोजनाहरूको लिखित विवरण प्रति 15 दिनको अन्तरालभित्र गोरखाल्याण्ड
क्षेत्रीय प्रशासन अनि गोरखा जनमुक्ति मोर्चालाई निरीक्षण एवं परामर्श
कमिटीमार्फत बुझाउनुपर्नेछ। उक्त निर्देशलाई म पूर्णरूपले पालन गर्नेछु ।

7.      प्रत्येक वार्डमा 9 सदस्यीय विकास अनि निरीक्षण कमिटी गठन गरिनेछ।
उक्त कमिटीलाई नगरपालिका बोर्डले स्वीकृति दिनुपर्नेछ। कमिटीलाई वार्डका
निर्वाचित पार्षद/ पार्षदिकाले ससम्मान स्वीकार गर्दै आफ्नो कार्यकाल
अवधि कमिटीसित तालमेल राखी आफ्नो वार्डको विकास अनि जनसाधारणको दुःख-
कष्टहरूको निकास गर्नेछु ।

8.      जुन वार्डहरूमा गोरखा जनमुक्ति मोर्चा प्रार्थीहरू पराजित भएका छन्
उक्त प्रार्थीहरूलाई सम्बन्धित वार्डको कमिटीको संयोजकको पदभार
सुम्पिनेछ। उक्त संयोजकको पदलाई नगरपालिका बोर्डले स्वीकृति दिनुपर्नेछ।
यस विषयलाई पनि म सह्रदय अनि पूर्ण सम्मानको साथ पालन गर्नेछु।

9.      नगरवासीलाई सुशासन अनि व्यवस्थित शासन प्रणाली प्रदान गर्न औं विरामी
अनि आसक्त वृद्ध/वृद्धाहरूको असुविधाहरूलाई ध्यानमा राख्दै प्रत्येक
नगरपालिकाका वार्डहरूमा न्यूनतम् 5 जना कर्मचारी( दुई नगरपालिका कर्मचारी
अनि तीनजना दक्ष जीटीएका कन्टिजेन्ट कर्मचारी) हरूलाई लिएर एउटा कार्यालय
स्थापना गरिनेछ। यस पहललाई म पूर्णरूपले सहयोग अनि समर्थन जनाउनेछु।

10.     साताको प्रत्येक बिहिबार निर्वाचित पार्षद-पार्षदिका एवं वार्ड
कमिटीको नेतृत्वमा वार्डक्षेत्रका पार्टीका स्वयंसेवक/ सेविकाहरूलाई लिएर
स्वच्छ भारत अभियानअन्तर्गत सफाई कार्य गरिनेछ। पार्टीको उक्त पहललाई
शिरोपर गरेर म पूर्ण प्रतिवद्धताको साथ सहभागी बन्नेछु।

11.     प्रति महीना 15 दिनको अन्तराल गरेर दुईपल्ट बिहान 10 बजीदेखि अपराह्न
4 बजीसम्म जन-गुनासो अनि जन-समस्याको  सुनवाई गर्न प्रत्येक नगरपालिका
कार्यालयमा जनता दरबार सञ्चालन गरिनेछ। उक्त जनता दरबारमा नगर
अध्यक्षसहित सबै विभागीय पार्षद्/पार्षदिका अनि निरीक्षण एवं परामर्श
कमिटीका सदस्यहरू उपस्थित रहनेछन्। यस पहललाई पनि म पूर्ण प्रतिवद्धताको
साथ सहयोग-समर्थन जनाउनेछु।

12.     म आफ्नो पदको दुरूपयोग गर्ने छुइँन औं भाई-भतिजावाद र परिवारवाद,
गुटबाजीको कुसंस्कारको कालो दाग आफ्नो गरिमामय पदमा लाग्ने दिने छुइँन।
आफ्नो कार्यकालको अवधि सम्पूर्ण जनप्रतिनिधिले गर्नुपर्ने सेवाकार्यहरू
पूर्ण पारदर्शिताको साथ निभाउनेछु।

13.     म आफ्नो व्यक्तिगत/ पारिवारीक एवं राजनैतिक स्वार्थको निम्ति कुनै
पनि निम्नस्तरको कुटनैतिक औं राजनैतिक क्रियाकलाप गरी वर्तमान नगरपालिका
बोर्डलाई घात पुराउने छुइँन औं नगरपालिका बोर्डको विरोध गर्ने छुइँन औँ
सत्ता पलट जस्तो अनैतिक एवं असंवैधानिक कुकृत्य गर्ने छुइँन।

14.     अञ्जानवश होस् या जानेर, भिज्ञ होस् या अनभिज्ञ, परोक्ष होस् या
अपरोक्ष कुनै पनि स्थितिमा गोरखा जनमुक्ति मोर्चाको आचार- संहिता अनि
संविधानको विरूद्ध अथवा नगरपालिका बोर्डको विरूद्ध क्रियाकलापहरू गरेको
खण्डमा पार्टी अनि बोर्डले जुनै प्रकारको अनुशासनात्मक कार्वाही गरेको
खण्डमा पनि म सहस्र स्वीकार गर्नेछु।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया