पाण्डम गढ़ीमा मुख्यमन्त्रीद्वारा निशानी काली मूर्तिको शिलान्यास

????????????????????????????????????

गान्तोक, 6 जनवरीः मुख्यमन्त्री पवन चामलिङले आइतवार ऐतिहासिक पाण्डाम गढ़ीमा धार्मिक पर्यटनको क्षेत्रमा नयाँ आयाम थप्दै निशानी काली मूर्तिको शिलान्यास गरेका छन्। मुख्यमन्त्री चामलिङले पर्यटन तथा नागरिक उड्डयन विभागले निर्माण गर्ने निशानी काली मूर्तिको शिलान्यास गरेका हुन्। यो मूर्तिको आगामी दुई वर्षभित्र निर्माण पूरा हुने बताइएको छ। यस अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री उगेन टी ग्याछो भोटिया, यातायात मन्त्री डीटी लेप्चा, क्षेत्र विधायक गोपाल बराइली आदिको पनि विशेष उपस्थिति रहेको थियो।
यो मूर्तिबारे जानकारी दिँदै विभागीय प्रमुख टीटी भोटियाले भने, “मुख्यमन्त्रीले पाण्डाम गढ़ीमा पुराणमा आउँदा यहाँ निशानी कालीको मूर्ति स्थापना गर्ने घोषणा गरेका थिए। त्यसैअनुरूप पर्यटन विभागले यो कार्य शुरु गरेको हो। मूर्तिको उँचाइ कुल 70 फिट हुनेछ, जसमा 16 फिट आधार र 54 फिट मूल मूर्ति हुनेछ। यसको लागत 64 करोड़ रुपियाँ तय गरिएको छ। यो मूर्ति काँसको हुनेछ। मूर्तिसँगै अन्य पूर्वाधारहरू पनि निर्माण गरिनेछन्। पाण्डाम गढ़ी ऐतिहासिक धरोहर क्षेत्र भएकोले यसमा यो मूर्ति निर्माण गर्ने लक्ष्य लिइएको हो। राज्यमा विशेष गरेर अधिकांश बङ्गाली समुदायका पर्यटकहरू आउने हुँदा कालीको मूर्ति निर्माण गर्ने पनि लक्ष्य राखिएको हो।”

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया