पहिलोपल्ट दार्जीलिङबाट तृणमूलको सांसद दिल्ली जानेछ-गौतम देव

छुट्टै राज्य गोर्खाल्याण्ड विरोधी पार्टी तृणमूल काङ्ग्रेसले दार्जीलिङको लोकसभा सिटमा आँखा गाडेको छ। गौतम देव अनुसार यसपल्ट उनीहरूले दार्जीलिङ सिटबाट जितेर देखाउनेछन्। उनीहरूलाई रोक्न सकैले सक्ने छैनन्। पक्का छ, तृणमूल काङ्ग्रेसले जित्यो भने सँधैको लागि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा डस्टबिनमा जानेछन्। यसपल्टको लोकसभा चुनाउ गोर्खाल्याण्डको मुद्दा बचाउने अनि दबाउनेबीच हुने सम्भावना छ।


गोर्खाल्याण्डको मुद्दा बचाउने अनि दबाउनेबीच लोकसभा चुनाउ

सिलगढी, 7 जनवरी


विनय तामाङ भन्छन्, ‘गोर्खाहरूको चिह्नारीको मुद्दा (छुट्टै राज्य) र 11 जातको जनजातिको मुद्दालाई छिनाफाना गर्ने लिखित बचन जसले दिन्छ, उसैसित लोकसभामा चुनाउमा गठबन्धन गरिनेछ।’

राज्यका पर्यटन मन्त्री सह दार्जीलिङ जिल्ला तृणमूल काङ्ग्रेसका अध्यक्ष गौतम देव भन्छन्, ‘पहिलोपल्ट दार्जीलिङबाट तृणमूल काङ्ग्रेसका सांसद दिल्ली जानेछन्। दार्जीलिङ लोकसभा सिटमा हामीलाई जित्न सकैले रोक्न सक्नेछैन।’

स्पष्ट छ, विनय तामाङले तृणमूल काङ्ग्रेसको उम्मेदवारलाई छुट्टै राज्य र 11 जनजातिको मुद्दालाई संसदमा पास गराउन लिखित बचन माग्नेछन्। तर तृणमूल काङ्ग्रेसका अध्यक्ष ममता व्यानर्जी भन्छिन्, ‘बरु ज्यान दिन्छु बङ्गाल विभाजन हुन दिन्न। बिकासको कुरा गर, छुट्टै राज्यको कुरा नगर।’

छुट्टै राज्य गोर्खाल्याण्ड विरोधी पार्टी तृणमूल काङ्ग्रेसले दार्जीलिङको लोकसभा सिटमा आँखा गाडेको छ। गौतम देव अनुसार यसपल्ट उनीहरूले दार्जीलिङ सिटबाट जितेर देखाउनेछन्। उनीहरूलाई रोक्न सकैले सक्ने छैनन्।

पक्का छ, तृणमूल काङ्ग्रेसले जित्यो भने सँधैको लागि छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा डस्टबिनमा जानेछन्। यसपल्टको लोकसभा चुनाउ गोर्खाल्याण्डको मुद्दा बचाउने अनि दबाउनेबीच हुने सम्भावना छ।

पहाडमा तृणमूलले समर्थन पाउने मन्त्रीको दाबी

लोकसभा चुनाउ 6 महिनापछि हुनेछ। पहाडमा चुनावी माहौल शुरु भइसकेको छ। विनय तामाङले चिन्तनसभामा चुनाउ रणनीति बुनिसकेका छन्। चुनाउ संहिता पनि बनाइसकेका छन्।

तृणमूल काङ्ग्रेस, भाजपा, माकपा, काङ्ग्रेस, गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो-दुवै गुट) चुनावी रणनीति बनाउनमा व्यस्त छन्। गौतम देवलाई भने यसपल्ट पहाडसिटबाट तृणमूल कै जित निश्चित भइसकेको लागेको छ।

सिलगढी बुथस्तरीय सभामा हिजो उनी भन्दैथिए, ‘पहाडमा तृणमूलले नै समर्थन पाउने नै छ, तराईबाट पनि पाउनेछ।’ उनलाई भाजपा, माकपा, काङ्ग्रेस सबै एउटै ड्याङको मूला लाग्छ, कसैले पनि तृणमूल काङ्ग्रेसलाई कुनै असर गर्न सक्दैन।

गयो विमलको दिन

दैवले पहाडमा विमल युग सकिएको घोषणा पनि गरेका छन्। पहाडमा चलिरहेको पोष्टर युद्धबारे आफ्नो धारणा राख्दै उनले भने, ‘विमलको दिन सकियो। पहाडमा विनय तामाङलाई जनताको समर्थन स्पष्ट भइसकेको छ। पहाडमा विनय तामाङ खुशी फर्काएका छन्। विमललाई पहाडबासीले मनबाट निकालिसकेका छन्।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares