सीबीसीएसको प्रथम सेमेस्टरको परीक्षा परिणाम सार्वजनिक

यूजीसीको गाइड लाइनसार पहिलोपल्ट शिक्षा-सत्र 2018-19 मा सीबीसीएस बेस्ड कोर्स शुरू गरिएको हो।


सिलगढी, 7 जनवरी


उत्तर बङ्गाल विश्वविद्यालय अन्तर्गत आउने कलेजहरूमा स्नातक स्तरमा पहिलोपल्ट शुरु भएको च्वाइस बेस्ड क्रेडिट सिस्टम (सीबीसीएस) को प्रथम सेमेस्टरको परीक्षा परिणाम सोमबार घोषणा भयो।

यस पद्धतिबाट बीए, बीएससी, बीकम ,बीबीए अनर्स वा प्रोग्राम तथा बीसीए अनर्सको लागि मोठ 41 हजार 712 विद्यार्थीहरूले पञ्जिकरण गरेका थिए। तर परिक्षामा 40 हजार 623 परीक्षार्थी बसेका थिए। उनीहरूमध्ये 14 हजार 852 परीक्षार्थी सेमेस्टर उत्तीर्ण हुन सकेनन्। 25 हजार 700 परीक्षार्थी सेमेस्टर उत्तीर्ण भएका छन्।

एनबीयुका परीक्षा नियन्त्रक डा. देवाशिष दत्तले भनेअनुसार परीक्षा दिसम्बर एक तारिकदेखि शुरु भएर 11 तारिक सकिएको थियो। परीक्षा भएको 27 दिनभित्रै परिणाम घोषणा गरिएको हो। उनीअनुसार  एनबीयुसित 49 कलेज आबद्ध छन्। यी अधिकांश कलेजमा सीबीसीएस कोर्स शुरु गरिएको छ। अघि बीए, बीएससी र बीकममा अनर्स वा जनरल कोर्स हुन्थ्यो। सीबीसीएसमा अनर्स अघिजस्तै राखिएको छ। जनरलको ठाउँमा प्रोग्राम गरिएको छ। उल्लेखनीय छ, यूजीसीको गाइड लाइनअनुसार पहिलोपल्ट शिक्षा-सत्र 2018-19 मा सीबीसीएस बेस्ड कोर्स शुरू गरिएको हो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया