अघिल्लो कमिटीले रिपोर्ट बुझाउन विलम्ब गरेकोले जनजाति मान्यता प्रदान गर्न ढिला भएको हो- जोएल उराँव

सिक्किम, 7 जनवरी


जनजाति मन्त्रालयको अघिल्लो कमिटीले रिपोर्ट बुझाउन विलम्ब गरेकोले जनजाति मान्यता प्रदान गर्न ढिला भएको केन्द्रिय जनजाति मामिला मन्त्री जोएल उराँवले हिजो सिक्किमका लोकसभा सांसद पीडी राईलाई बताएका छन्।

राईले जनजाति मन्त्रालयको उच्चस्तरीय कमिटी सिक्किम आउनभन्दा एकदिन अघि नै उराँवलाई नयाँ दिल्लीमा भेट गरेर गान्तोकमा सम्पन्न भएको जनजाति सम्मेलन 2018-को पुस्तक प्रदान गरे। उल्लेखनीय छ, केही दिन अघि यो पुस्तकको लोकार्पण भएको थियो, जसमा गत वर्ष राज्यमा सम्पन्न भएको जनजाति सम्मेलनका सबै रिपोर्ट सामेल गरिएको छ।

‘गोर्खा समुदायका 11 जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान गर्ने विषयमा आज  मैले केन्द्रिय मन्त्री जोएल उराँवलाई भेट गरेको हुँ,’ सांसद राईले भने,  ‘यो भेटवार्तामा केन्द्रिय मन्त्रीले सकारात्मक आश्वासन दिएका छन्।’

उक्त खबर सिक्किमको एक दैनिकमा प्रकाशित छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares