‘बङ्गालबाहिर ममताले जमानत बँचाओस्, प्रधानमन्त्री उनैलाई बनाउनेछौं’

New Delhi: Suspended Trinamool Congress leader Mukul Roy shows his resignation letter that he submitted to the Vice President, during a press conference in New Delhi on Wednesday. The party co-founder Mukul Roy on Wednesday resigned from all party posts and his Rajya Sabha membership. PTI Photo by Kamal Singh (PTI10_11_2017_000129A)

कलकत्ता, 8 जनवरी


ममता व्यानर्जी आफै पनि प्रधानमन्त्री बन्ने सपनामा छिन्। यस्तोमा भाजपा नेताहरूले व्यङ्ग्य गर्न शुरु गरेका छन्। दुइदिन अघि राज्यका भाजपा अध्यक्ष दिलिप घोषले ममता व्यानर्जी नै देशको पहिलो बङ्गाली प्रधानमन्त्री बन्न सक्ने भनेका थिए।

उनको वयानले रातारात चर्चा र विवाद कमायो। पछिबाट ‘मैले त जिस्किएर भनेको थिएँ’ भन्दै घोषले कुरा सपारे। यता आज मुकुल रोयले पनि व्यङ्ग्य गरेका छन्।

‘बङ्गालबाहिर कहीँबाट पनि व्यानर्जीले जमानत बचाउन सक्यो भने उनैलाई प्रधान मन्त्री बनाइदिनेछौं,’ उनले भने। उत्तर 24 परगनाको आमडाँगा  मरिचा पञ्चायतमा तृणमूलको अत्याचार र पुलिसी दमन विरुद्ध भाजपाले गरेको अनशनमा रोय पुगेका थिए। उनले त्यहीँ यस्तो व्यङ्ग्य गरेका हुन्।

यता दिलिप घोषको कटाक्षलाई ममताप्रेमी मिडियाले गलतरूपले प्रस्तुत गरेको आरोप पनि उनले लगाए। भने, ‘ममताले बङ्गाल बाहिर कहीँ जितेर त देखाओस्, उनलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने आवाज म नै उठाइदिनेछु।’

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया