उत्तर सिक्किमको लाचुङ घाँटीमा फस्यो पर्यटक

गान्तोक, 10 जनवरी


उत्तर सिक्किमको चर्चित पर्यटन स्थल लाचुङ घाँटीमा घुम्न आएका पर्यटकहरु व्यापक हिमपातको चपेटमा परि फसेका छन्। सेनाको सुत्रले दिएको जानकारी अनुसार बुधबार अपरान्ह क्षेत्रमा व्यापक रुपमा हिउँ परेपछि लगभग 42जना पर्यटक फसेका छन्। हिउँ परेपछि फँसेका पर्यटकहरूलाई सेनाले उद्दार गरेर छाउनीमा आश्रय दिएका छन्।

हिउँ पग्लिएर बाटोमा वाहन चल्न थालेपछि मात्रै पर्यटकहरुलाई चुङथाङ ल्याउने पहल थालिने बताइएको छ। सेनाले अझै केही समय सेनाको आश्रयमा नै पर्यटकहरूको रेखदेख गरिनेछ । अवस्था असजिलो भएका पर्यटकहरुलाई सेनाले अक्सिजनको व्यवस्था गरेर सुरक्षित राखेको छ।
उल्लेख छ गत केही दिन अघि पनि छाङ्गु नाथुला क्षेत्रमा लगभग 35 सय पर्यटक फसेका थिए। उनीहरूको सेवा पनि सेनाले आफ्नो छाउनीमा आश्रय दिएर गरेका थिए। सेनाका एडीजीपीले आफ्नो टुइटर हेड्लमा लाचुङको पर्यटकबारे ट्वीट गरेर जानकारी दिएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया