ममता व्यानर्जीलाई झट्का

भाजपामा पस्ने बित्तिकै सौमित्रले ममतालाई एडोल्फ हिटलरको संज्ञा दिए।  ‘समय पर्खिनुहोस्, धेरैले राजीनामा दिनेछन्। मानिसहरू हितरिज्मदेखि दिक्कै भइसकेका छन्,’ सौमित्र भन्छन्। प्रदेश भाजपा अध्यक्ष दिलिप घोषले तृणमूल भत्किन शुरु मात्र भएको जनाएका छन्। ‘पहिल्यै भनेको थिएँ, जनवरीदेखि नयाँ खबरहरू पाइनेछ। अझ राम्रा खबरहरू सुन्न पाइनेछ,’ घोष भन्छन्।   


कलकत्ता, 10 जनवरी


पश्चिम बङ्गालका मुख्यमन्त्री ममता व्यानर्जीलाई लोकसभा चुनाउ अघि नै गत्तिलो झट्का लाग्यो।  तृणमूल कङ्ग्रेस सांसद सौमित्र खानले भाजपाको हात समाते।  बोलपुरका सांसद अनुपम हाजरा पनि लाइनमा छन्।  यसबाहेक अरू दुइजना सांसदको नाम पनि घाइँघुँइ छ।

सौमित्र खान आफै राजनीतिक परिवारबाट हुन्। उनले तृणमूल छोड्ने बित्तिकै पश्चिम बङ्गालको ग्रामीण क्षेत्रमा भाजपाको पकड बलियो बन्नेछ। ममता व्यानर्जीको लागि यो निक्कै सङ्कटको खबर हो। पाँचपाँच सांसदले पार्टी छोड्दा तृणमूललाई निक्कै ठूलो धक्का लाग्नेछ।

जगजाहेर छ, बङ्गालमा पार्टी विस्तारको जिम्मा मुकुल रोयलाई दिइएको छ। रोयले आफ्ना पुराना साथीहरूसित निक्कै उठबस गरिसकेका छन्।  एकवर्ष अघि नै सौमित्र खान भाजपामा आउने हल्ला थियो। तर राज्यमा राजनैतिक हिंसा तीब्र बनेकोले उनलाई भाजपामा आउनमा रोक्का थियो।

बिस्तारै तृणमूल काङ्ग्रेस रित्तै हुने सम्भावना छ।  भाजपाले  सत्तामा फर्किन यसपल्ट पश्चिम बङ्गाल र पूर्वोत्तरलाई तारो बनाएको छ।  उत्तर भारतमा भाजपाले अधिकतम् सिमा मिचिसकेको ठान्छ। उत्तरप्रदेश, मध्यप्रदेश, बिहार, हरियाणा, राजस्थान रगुजरात जस्ता राज्यमा अघि बढ्नको साटो भाजपा पछि सर्दैछ। यसै कारण भाजपा यस्तो राज्य खोज्दैछ जहाँबाट उ सत्तामा फर्किन सहज बनोस्।

लोकसभा चुनाउ अघि नै यता बङ्गालको सत्तामा रहेको तृणमूल काङ्ग्रेसले दुइजना सांसदलाई निकाल्यो।  सौमित्र खानले भाजपा हात समात्ने बित्तिकै  बोलपुरका सांसद अनुपम हाजरालाई तृणमूल काङ्ग्रेसले पार्टी बाहिर गऱ्यो।  तृणमूल महासचिव पार्थ च्याटर्जीअनुसार सौमित्र र हाजरालाई पार्टी विरोधी गतिविधि गरेकोले पार्टीबाट निकालिने भएको हो।

भाजपामा पस्ने बित्तिकै सौमित्रले ममतालाई एडोल्फ हिटलरको संज्ञा दिए।  ‘समय पर्खिनुहोस्, धेरैले राजीनामा दिनेछन्। मानिसहरू हिटलरिज्मदेखि दिक्कै भइसकेका छन्,’ सौमित्र भन्छन्।

प्रदेश भाजपा अध्यक्ष दिलिप घोषले तृणमूल भत्किन शुरु मात्र भएको जनाएका छन्। ‘पहिल्यै भनेको थिएँ, जनवरीदेखि नयाँ खबरहरू पाइनेछ। अझ राम्रा खबरहरू सुन्न पाइनेछन्,’ घोष भन्छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया