विनय तामाङ लगाइरहेछन् जिटिए चुनाउको गुहार : कानमा तेल लगाइरहेकी छन्-मुख्यमन्त्री

‘जिटिए चुनाउ गर्ने नगर्ने राज्य सरकारकै हातमा छ,’ तामाङले भनेका छन्, ‘त्यो कहिले हुन्छ मिडियाले मुख्यमन्त्रीलाई नै सोधे असल हुनेछ। 22 जनवरी उनी सिलगढी आइरहेकै छन्। त्यसबेला मिडियाले जिटिए चुनाउबारे प्रश्न गऱ्यो भने उत्तम हुनेछ।’


सिलगढी, 10जनवरी


विनय तामाङ जिटिए चुनाउको आशामा छन्। केही दिनअघि सिलगढीमा पत्रकारहरूसित कुराकानी गर्दै तामाङले जिटिए चुनाउको लागि ममता व्यानर्जीसित निक्कैपल्ट गुहार लगाइसेको जनाएका थिए।

‘एकपल्ट फेरि मुख्यमन्त्रीसित जिटिए चुनाउको लागि गुहार लगाएका छौं,’ विनय तामाङले भनेका थिए। तामाङलाई लाग्छ, जिटिए चुनाउ भयो भने मात्र दार्जीलिङ र कालेबुङ जिल्लामा धेरै विकास हुन सक्छ। तर मुख्यमन्त्रीले न त जिटिए चुनाउ गर्ने सङ्केत नै दिएका छन्, न त जिकिर नै गरेका छन्।

जिटिए चुनाउबारे ममता व्यानर्जीले मुख नखोलेपछि विनय तामाङलाई निक्कै चिन्ताले सताउन थालेको छ। उनी बारम्बार जिटिए चुनाउको लागि गुहार लगाइरहेका छन्, तर मुख्यमन्त्री ममता व्यानर्जीले भने कानमा तेल हालेकी छन्।

‘चुनाउ हुने बित्तिकै जीटीएको ताकत बढ्छ। मैले आफैले आफ्नै स्तरबाट जिटिए चुनाउको लागि मुख्यमन्त्रीसित कुरा गरिसकेको छु,’ तामाङले भनेका छन्,  ‘अहिले पनि राज्य सरकारको सोझो हस्तक्षेपमा पहाडको दुवै जिल्ला, महकुमा, खण्ड र गाउँगाउँमा विकास कार्य चलिरहेको छ।’

तामाङअनुसार, जिटिए चुनाउ भयो भने जनप्रतिनिधिहरूले अझ विकासको काम गर्न सक्नेछन्। गोर्खाका सबै समुदायको पनि विकास हुनेछ। ‘जिटिए चुनाउ गर्ने नगर्ने राज्य सरकारकै हातमा छ,’ तामाङले भनेका छन्, ‘त्यो कहिले हुन्छ मिडियाले मुख्यमन्त्रीलाई नै सोधे असल हुनेछ। 22 जनवरी उनी सिलगढी आइरहेकै छन्। त्यसबेला मिडियाले जिटिए चुनाउबारे प्रश्न गऱ्यो भने उत्तम हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया