खातीले घुमाए कुरा : ‘बन्दना राईलाई पक्कापक्की गरिहालेका छैनौं’

कालेबुङ, 10 जनवरी


प्रताप खाती गुट अखिल भारतीय गोर्खा लीगले बन्दना राईको नाम लोकसभा प्रार्थीको लागि सार्वजनिक गरेको थियो। बन्दना राईलाई नै साझा उम्मेदवारकोरूपमा उठाउन 10 जनवरीसम्म सर्वदलीय बैठक बोलाउने पनि भनिएको थियो। तर प्रताप खातीले आज कुरा घुमाएका छन्।

‘बन्दना राई गोर्खा लीगकी सदस्या होइनन्। र हामीले उनको नामलाई पक्कापक्की गरिहालेको पनि छैनौं,’ आज खातीले भने, ‘हामीलाई बन्दना राई लोकसभा चुनाउका लागि योग्य उम्मेद्वार लागेकोले उनको नामलाई अघि राखेका हौं। बन्दना राईको नाम हाम्रो प्रस्ताव हो। यदि कसैले उनीभन्दा योग्य नाम सुझाए यसमाथि बैठकमा छलफल गरिनेछ।’

सर्वदलीय बैठक 11 जनवरीको दिन कालेबुङमा हुने पनि उनले बताएका छन्। खातीले सबै पार्टीलाई बैठकमा बोलाएको बताएका छन्। तर कुन कुन दल आउने हो टुङ्गो भने छैन। सर्वदलीय बैठक बोलाउन अघि नै आफ्नो हिडन एजेन्डा सार्वजनिक गरिसकेका खातीले सर्वदलीय बैठकको एक दिन अघिमात्र कुरा घुमाएका छन्। भनेका छन्, ‘यदि कसैले बन्दना राई भन्दा योग्य नाम सुझाए यसमाथि बैठकमा छलफल गरिनेछ।’

उनले बैठकको मुख्य विषय दार्जीलिङ पहाड़को वर्तमान राजनीतिक स्थिति हुने बताएका छन्। बैठकमा साझा उम्मेदवार नै मुख्य एजेन्डा हुनेछ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया