बहुभाषी कवि सम्मेलन बोडोल्याण्डमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि कमल रेग्मी

खरसाङ, 11 जनवरी।


बोडो राइटर्स अकादमी र साहित्य अकादमीको संयुक्त आयोजनामा आसामको बोडोल्याण्डमा सम्पन्न बहुभाषी कवि सम्मेलनमा नेपाली भाषाको प्रतिनिधित्व गर्दै कवि कमल रेग्मीले सहभागिता जनाएका छन्। बोडोल्याण्डको बक्सास्थित मानस नेशनल पार्कको मुसल जङ्गल रिट्रिटमा गत 8 र 9 जनवरीको दिन सम्पन्न दुई दिवसीय बहुभाषी कवि सम्मेलनको दोस्रो दिनको दोस्रो सेशनमा कवि रेग्मीले पनि सहभागिता जनाएका छन्।

उनी बोडोल्याण्ड राईटर्स अकादमीको निम्तोमा कार्यक्रममा सहभागिता दिनलाई पुगेका थिए। उनले 9 जनवरीको दोस्रो सेशनमा बोडोको मेदी राम बोडो, कश्मिरीबाट गुलाम रसुल खान, कोङकनीबाट निलबा खानदेकर, मणिपुरीबाट बीरेन्द्रजीत नौरेम, तमिलबाट थंगम मूर्तिसितै नेपाली भाषामा कवि कमल रेग्मीले प्रतिनधिको रूपमा उपस्थित भई सहभागिता जनाएका थिए। यस बेला सभाध्यक्षको रूपमा अञ्जली दैमारी उपस्थित थिए। कवि रेग्मीले यस कार्यक्रममा तीनवटा कविताहरू नेपाली र हिन्दीमा वाचन गरेका थिए। उनको कविता वाचनमा सबैको ध्यान केन्द्रित बनेको थियो। उनको कविताको उपस्थित अतिथिहरू सबैले प्रशंसा गरेका थिए। कवि कमल रेग्मी बोडोल्याण्डबाट 10 जनवरीको दिन सोझै आसामको तेजपुरमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित भएका थिए। त्यसरी नै उनी कोक्राझार र गुवाहाटीमा हुने साहित्यिक भेटघाट कार्यक्रममा पनि सामेल भएका छन्।

कवि रेग्मीको पहिलेबाटै धेरै कृतिहरू भारतीय नेपाली साहित्यमा प्रकाशित छन्। जसमध्ये “संग्रहभित्रका कविताहरू”(1997),  सृजना र अभिष्ट (2009),  गीत सङ्ग्रहरूमा काँड़ा फूल (2007), तप्कना(2008), हिउँको आगो ( 2012), घामपानी(2018) र कन्फ्लोइन्स (2018), गजल सङ्ग्रहहरूमा ऋतु गीत (2010), कमलकोठी ( 2011) लगायत निबन्ध सङ्ग्रह अनि थुप्रै पत्रिकाहरू पनि सम्पादन गरिसकेका छन्। उनको कविता कृति “सृजना र अभिष्ट” को लागि सन् 2011 मा पहिलोपल्ट साहित्य अकादमी युवा पुरस्कार प्रदान गरिएको छ। उनी पेशागत रूपमा दार्जीलिङ सन्त जोसेफ स्कूलको सहशिक्षक हुन् भने वर्तमान समयको कुशल उद्घोषक पनि हुन्। उनी अहिले पनि दार्जीलिङ कालेबुङको विभिन्न साहित्यिक र सामाजिक संघ- संस्थाहरूसित संलग्न भएर सिर्जनात्मक साहित्य लेखन र विभन्न कार्यहरूमा ब्यस्त छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares