दुई दिवसीय विवेक चेतना उत्सव 2019 शुरू

कालेबुङ, 11 जनवरी।


पश्चिम बङ्गाल सरकारको युवा एवं खेल विभाग तथा कालेबुङ नगरपालिकाको संयुक्त आयोजनामा स्वामी विवेकानन्दको १५६औँ जन्म जयन्तीको अवसर पारेर दुई दिवसीय विवेक चेतना उत्सव 2019 आजदेखि शुरू भएको छ।

यसै उत्सवलाई पालन गर्दै सुसन कराँते डु एसोसिएसनद्वारा पनि सुसन कराते डु एकाडेमीका विद्यार्थीहरूलाई लिएर निबन्ध लेखन अनि बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न गरिएको छ। 5 देखि 10 वर्षसम्मका अनि 11 वर्षदेखि माथि गरी दुई वर्गमा विभाजित बस अनि चित्र बनाऊ प्रतियोगितामा 60 भन्दा धेर प्रतियोगीहरूले सहभागिता जनाएका थिए भने निबन्ध प्रतियोगिता खुल्ला राखिएको थियो। यस दुई दिने कार्यक्रमका सहभागी तथा प्रतियोगितामा पहिलो, दोस्रो अनि तेस्रो हुने विजेताहरूलाई भोलि समापन कार्यक्रममा प्रमाण पत्रसितै पारितोषिक पनि प्रदान गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares