बिजनबारी तीनधारे युथ कपको फाइनलमा प्रवेश

खरसाङ, 12 जनवरी।


तीनधारे राजबारीको जनसेवा सङ्घको आयोजनामा भइरहेको तीनधारे युथ कप फुटबल टुर्नामेन्ट अन्तर्गत शनिबार पहिलो सेमी फाइनल खेल सम्पन्न भयो। यस खेलमा किराँत 9 लाई पराजित गरी बिजनबारी एफसी मोक्तान कन्स्ट्रक्शन फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ। खेलको पहिलो हाफमा बिजनबारीको तर्फबाट जर्सी नम्बर 8 मनिष सुब्बाले गोल गरेर बढ़त बनाएका थिए। अन्त्यमा यही गोल नै निर्णायक साबित भएर बिजनबारी तीनधारे युथ कपको फानइलको यात्रा तय गर्न सफल बनेको छ।

अब दोस्रो सेमी फाइनल खेल आइतबार चाँद एफसी र 4/8 जीआरमाझ हुनेछ अनि यसै खेलको बिजेतासित खिताबको लागि बिजनबारीको भिड़न्त हुनेछ। आजको खेलमा सभापतिको रूपमा सुरेन राई अनि मुख्य अतिथिको रूपमा रेन्जेन मोक्तान उपस्थित थिए भनी आयोजक समितिको तर्फबाट बिशाल प्रधानले जनाएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares