शहीद जीवन गुरुङप्रति जीटीए अध्यक्षले प्रकट गरे श्रद्धाञ्जली

कालेबुङ, 12 जनवरी।


देशको सिमानामा शहीद बनेका जीवन गुरुङप्रति जीटीए अध्यक्ष विनय तामाङले श्रद्धाञ्जली अर्पण गरेका छन्। आज उनले एक प्रेस विज्ञप्ति जारी गर्दै शहीदप्रति श्रद्धाञ्जली साथै परिवारमा समवेदना प्रकट पनि गरेका छन्। जम्मु कश्मिरको रजौरी जिल्लामा शुक्रबार भएको आतङ्की हमलामा दार्जीलिङ जिल्ला अधिनस्थ लामाहट्टा निवासी जीवन गुरुङ देशको रक्षार्थ शहीद बनेका छन्।

उनले विज्ञप्तिमा भनेका छन्, देशको रक्षामा खटेर आफ्नो प्राणको आहुति दिने गोर्खाहरूले आफ्नै देशमा भने न्याय पाएका छैनन्। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भने पनि गोर्खाहरूको सपना भने अहिलेसम्म पुरा गरेका छैनन्।

शहीद जीवन गुरुङले देशलाई दिएको योगदानप्रति हृदयबाटै नमन गर्दै यस दुःखद् घड़ीमा शहीद परिवारप्रति गोजमुमो एवं गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन समवेदना प्रकट गर्दै सम्पूर्ण शहीद परिवारको पक्षमा रहेको सन्देश दिएका छन्।

आफ्नो देशको निम्ति ज्यान बलिदान दिने शहीदको योगदानको एकदिन अवश्यै मूल्याङ्कन हुनेछ भन्ने उनले विश्वास गरेका

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया