गैरीबास साहित्य मञ्चले मनाउने अरण्य काव्योत्सव

कालेबुङ, 15 जनवरी।


आगामी २० जनवरीको दिन नवस्थापित गैरीबास साहित्य मञ्चले धुमधामसित जलढका नदी किनारमा अरण्य काव्योत्सव मनाउने भएको छ। यस दिन कमल रेग्मी, मनोज बोगटी, विदुर छेत्री जस्ता दिग्गज कवि साहित्यकारसँगै स्थानीय सिकारू कलमहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाउनु गीत सड्गीतलाई पनि समावेश गरिएको छ।

प्रख्यात गायक सड्गीतकार प्रसाद रनपहेंलीको निर्देशनमा स्थानीय गायकहरूले गीत गजल गाएर मनोरन्जन प्रदान गर्नेछन्। यसबाहेक कार्यक्रममा वनभोजको पनि  बन्दोबस्त गरिएको छ। यसरी साहित्यप्रति जनसाधारणको ध्यानाकर्षण गर्दै नयाँ प्रयोगको रूपमा आयोजना गरिन लागेको यस कार्यक्रमप्रति गैरीबासवासी निकै उत्साहित छन् भने मञ्चका अध्यक्ष रबिन गुरुङले सबैलाई यस उत्सवमा सहभागी बनिदिने अनुरोध गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया