पीएस गोले र भाइचुङ भोटिया बीच बन्द कोठामा बैठक, गठबन्धनको प्रयास

गान्तोक, 15 जनवरी । हिमाली राज्य सिक्किम राजनीतिमा विपक्षी खेमाको नयाँ पहलको रूपमा गठबन्धनको तयारीको प्रारम्भीक चरणको प्रयास शुरु भएको छ। राज्यको  एक प्रमुख विपक्षी दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) र हाम्रो सिक्किम पार्टी (एचएसपी) बीच आगामी चुनाउमा गठबन्धनको निम्ति मङ्गलबार राजधानी गान्तोकमा प्रारम्भीक चरणको बैठक बस्यो। एसकेएम पार्टीका अध्यक्ष पीएस गोले र एचएसपीका उपाध्यक्ष भाइचुङ भोटियाबीच राजधानीको स्थानीय एउटा होटलमा पहिलो बैठक आयोजना भयो। बैठकमा पत्रकारहरूलाई प्रवेश गर्न दिइएन। यद्यपि,लगभग 50 मिनट लामो बन्द कोठाको  बैठकपछि दुवै नेताहरूले पत्रकारहरूलाई बैठकबारे जानकारी दिए।

आजको भएको पहिलो बैठक सकारात्मक रहेको दुवै नेताले बताए। यसैगरि, दोस्रो चरणको बैठक आगामी 31 जनवरीको दिन हुनेछ जसमा दुवै दलका केन्द्रीय कार्यकारी समितिका सदस्यहरूको पनि उपस्थिति रहने बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै दुइ नेताले बताए।  दुई पार्टीबीच चुनावी गठबन्धनबारे उक्त दिनको बैठकमा पनि विशेष चर्चा गरिने बताइएको छ।

एसकेएम अध्यक्ष पीएस गोलेले पत्रकारहरूलाई आज एचएसपीका उपाध्यक्ष भाइचुङ भोटियासित भेटघाट भएको र आजको भेटघाट सकारात्मक रहेको बताए। उनले सिक्किम र सिक्किमे जनताको निम्ति दुवै पार्टी मिलेर काम गर्ने छौ भने। उनले भेटघाटमा सिक्किम र सिक्किमे जनताका मुद्दाहरूबारे चर्चा भएको र मिलेर आगाड़ी बढाउने विषयमा चर्चा भएको बताए। उनले आगामी 31 जनवरीको दिन पार्टीका कार्यकारी सदस्यहरू र नेताहरूसित पुन: भेटघाट गर्ने बताए। यसैगरि वर्तमान व्यवस्थाको विरूद्धमा उभिनेहरू मिलेर अघि बढ्दा राम्रो हुन्छ भने  कार्य गर्ने पनि बताए।

यसैगरि एसएचपी उपाध्यक्ष भाइचुङ भोटियाले सिक्किम जनता परिवर्तनको पक्षमा रहेको र बैठकमा यसबारे कुरा भएको तथा बैठक धेरै सकरात्मक रहेक दाबी गर्दै आगामी 31 जनवरीको दिन पुनः कार्यकारी समितिसितको बैठक आयोजन गरिने जानकारी दिए। अर्कोतिर भोटियाले आउँदो बैठकमा आफ्नो पार्टीको अध्यक्ष पनि सामेल हुने बताए। अहिलेसम्म एचएसपीको अध्यक्ष चयन नभएको कारण पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले यसो भनेका हुन्।

यद्यपी अहिले दुवै नेताले आसन बाँडफाँड र राजनैतिक गठबन्धनको कुनै जानकारी दिएनन् तर यो प्रारम्भीक चरणको बैठक रहेको र भविष्यमा यसको खुलासा गरिने बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया