नयाँ वर्षको पहिलो चिया कविता सम्पन्न

गान्तोक, 15 जनवरी । चिया कविताको मासिक कार्यक्रम मंगलबार रचना बुक्समा सम्पन्न भयो। समालोचक तथा प्रगतिवादी चिन्तक रूपेश शर्माको पर्यवेक्षणमा आयोजित चिया कविताको यो प्रकरणमा चर्चित कविता वाचक सुश्री रिया तामाङको विशेष कविता प्रस्तुति कार्यक्रमको आकर्षण रहेको थियो। कार्यक्रममा नेपालका उन्मुक्त पुस्ताका सशक्त सर्जक मुक्तान थेबाको कविता कृति अखण्ड आलाप—बारे चिया चर्चा राखिएको थियो। उक्त चिया चर्चामा कविता कृतिबारे अर्जुन यावाले बलियो समीक्षा प्रस्तुत गर्दै कृतिको विषयमा व्याख्यान दिएका थिए।

आजको कार्यक्रममा भर्खरै देशको सीमा रक्षाको निम्ति कश्मीरमा आतंकी हमलामा परि शहीद बनेका जीवन गुरूङलाई श्रद्धांजलि दिॅंदै एक मिनटको मौन धारणपछि उनलाई समर्पित गरेर कवि दिपा राईले मर्मस्पशी कविता वाचन गरिन्। शहीद जीवन गुरूङको बलिदानलाई सम्मान गर्दै शोकाकुल परिवारमा चिया कविताले समवेदना प्रकट गरेको छ।

अर्कोतिर, पर्यवेक्षीय मनतव्य राख्दै रूपेश शर्माले साहित्यलाई अझै सशक्त बनाउने मुल मुद्दा मान्छेको जीवन नै हो भन्दै मान्छेको जीवनको सुन्दर पक्षहरूलाई कसरी उत्वोधन गरेर मान्छेको जीवनको सुन्दर पक्ष कसरी दबिएर बसेका छन् र त्यसको निम्ति उन्मुक्त उडानको आवश्यकता के छ साहित्यले यसको निम्ति दायित्व निर्वाह गर्दछ भने। यसैगरि उनले साहित्यले त्यो चेतना पनि दिने र मान्छेलाई मुक्तिको बाटो निर्धारित गर्न सिकाउने बताए। यसैगरि, मान्छेलाई त्यै आदर्शको कारण संघर्ष गर्न युद्ध लड्न प्रेरित गर्ने भएकोले साहित्यको भूमिका उच्च हुने र उच्चताकै कारणले साहित्यलाई अलौकिक दुनियाँबाट आएको र वाद विवादको सन्दर्भहरूमा उल्झाउने भन्दा पनि यसको सर्वोत्तम महत्वपूर्ण भूमिका के हो र हामीले त्यसको सारगत प्रस्तुति कसरी दिने र मानव जीवनको पुर्नसिर्जन कलामा कसरी गर्ने भन्ने कुरामा बडी महत्व राख्ने बताए। उनले पठित कविताहरूको पनि समीक्षा प्रस्तुत गरेका थिए।

संयोजक प्रवीण खालिङद्वारा संचालित कार्यक्रममा कवि तथा गायक देवकुमार दुमी, अमर बानियॉं लोहोरो, जीविका अश्रु, राधा पाण्डे, दिपा राई, लुइस विष्ट, सागरमणि ढकाल, मिना सुब्बा, किरण गुरूङ, युवा बराल, रश्मी शर्मा, रत्ना सुब्बा, पासाङ नर्बु लामाले कविता, युग्मक र गजल सुनाएका थिए। अहिले सामाजिक संजालमा भाइरल बनिसकेकी सुन्दर कविता वाचक सुश्री रिया तामाङले चारवटा प्रस्तुति दिइन् जसमा कवि रवि रोदन, पारिजात, सरिता तिवारी र माया एङग्लोको नेपाली र अंग्रेजी कविता आवृत्ति गरेकी थिइन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन