जनतालाई साहुलियत दिन जनता मेला बुधबारदेखि

विज्ञापन

गान्तोक,15 जनवरीः बहुप्रतीक्षित जनता मेला भोलिदेखि शुरु हुँदैछ। राजधानी वरिपरिका पाँचवटा निर्वाचन क्षेत्रलाई लिएर भोलि गान्तोकको पाल्जर स्टेडियममा जनता मेला आयोजना हुँदैछ भने कार्यक्रममा मुख्यमन्त्री पवन चामलिङ मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्।

ग्रामीण प्रबन्धन तथा विकास विभागले आयोजना गर्ने जनता मेलामा राज्य सरकारका अन्य विभिन्न विभागहरूबाट पनि जनतालाई सहुलियत वितरण गर्ने कार्यक्रम रहेको छ भने सुकुम्वासीलाई दिइने गरिने घड़ेरी पनि जनता मेलामा प्रदान गरिने थाहा लागेको छ। 17 जनवरीको दिन पूर्व सिक्किमका अन्य निर्वाचन क्षेत्रहरूलाई लिएर रोड़ाथाङमा जनता मेला आयोजन गरिनेछ। यस कार्यक्रममा पनि मुख्यमन्त्री चामिलङ स्वयं उपस्थित रहनेछन्। यसरी नै 20 जनवरीको दिन उत्तर सिक्किमका तीनवटा निर्वाचन क्षेत्रलाई लिएर मङ्गनमा जनता मेला आयोजन गरिनेछ। 24 जनवरीदेखि दक्षिण सिक्किमबाट जनता मेलाको कार्यक्रम रहेको जानकारी पाइएको छ। सो दिन माङ्लेमा जनता मेला आयोजन गरिएको छ। दक्षिण जिल्लाका केही निर्वाचन क्षेत्रलाई लिएर माङ्लेमा जनता मेला हुनेछ। 27 जनवरीको दिन दक्षिण सिक्किमकै अन्य निर्वाचन क्षेत्रलाई लिएर जोरथाङमा जनता मेला हुनेछ। 22 जनवरीको दिन पश्चिम जिल्लाका केही समष्टिलाई लिएर सोरेङमा जनता मेला आयोजन हुनेछ भने 28 जनवरीको दिन गेजिङमा जनता मेलाको कार्यक्रम तय गरिएको छ। 21 जनवरीको दिन मुख्यमन्त्री पवन चामलिङले पश्चिम सिक्किमको देन्ताममा उत्तर-पूर्वी युवा उत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने तय भएकोले 22 जनवरीको दिन सोरेङमा जनता मेला राखिएको पनि जनाइएको छ।

फोटोः जनता मेला 2017 को फाइल तस्वीर

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया