स्रष्टा सङ्गमको नयाँ कमिटी गठन

Girl in a jacket

खरसाङ, 15 जनवरी।


सिक्किम, दार्जीलिङ, खरसाङ, कालेबुङ, मिरिक, सिलगढी, डुवर्स, सिटोङ, सोनादा क्षेत्रका ईसाई स्रष्टाहरूलाई लिएर गठित सङ्गठन स्रष्टा सङ्गमको नयाँ कमिटी गठन गरिएको छ। स्रष्टा सङ्गमद्वारा गत 11  र 12 जनवरीको दिन सिक्किमको रम्फुमा आयोजित दुई दिवसीय वार्षिक साहित्यिक कार्यक्रमबीच एक सभामा नयाँ कमिटी बनाइएको छ। गत 6 अप्रेलमा खरसाङको सिटोङमा सभा बसी स्रष्टा सङ्गमको कमिटी गठन गरिएको थियो।

डा. एडोन रोङगोङको अध्यक्षतामा बसेको सभामा पुरानो कमिटी विघटन गरी क्यामुना प्रधान, डा. छत्र सुब्बा पावल र राजु राईको चुनाव कमिटीको देखरेखमा नयाँ कमिटीको  पदाधिकारीवर्ग चयन गरिएको छ। यस नयाँ कमिटीमा सभापति रवि रोदन, उपसभापति पास्टर शरण शरद, सचिव हनोक थापा, सहसचिव इम्मानुएल गिफ्ट, कोषाध्यक्ष बसुन्धरा राई, कार्यकारी समितिमा राजु राई, सन्ध्या आचार्य, निमा लेप्चा, सल्लाहकारमा डा. एडोन रोङ्गोङ, डा. छत्र सुब्बा पावल, क्यामुना प्रधान, पास्टर रमेश लामा, बीरेन्जा राई, संरक्षकमा तितस लेप्चा, पास्टर जीवन राई ज्योति, एल्डर एसके प्रधान चयन भएका छन्। त्यसरी नै प्रत्येक क्षेत्रका लागि संयोजकहरू पनि चयन गरिएको छ जसमा सिक्किमको लागि इम्मानुएल गिफ्ट (पूर्व), पास्टर अन्मोल राई (उत्तर),  रवि रोदन (पश्चिम), दिलकुमार गुरुङ (दक्षिण), गान्तोक क्षेत्रका लागि एल्डर पत्रुस गुरूङ, दार्जीलिङको लागि पास्टर जोसेफ बम्जन, सोनादाको लागि आरजे समीर, खरसाङको लागि रजनी जलन (ममता लामा), मिरिकको लागि पास्टर विष्णुकुमार बराईली, सिलगढीको लागि पास्टर शरण शरद, कालेबुङको लागि प्रा. मेहेरमान सुब्बा, डुवर्सको लागि पास्टर बिनोस थापा, गोरूबथानको लागि तरूण राई, मङ्पूको लागि पास्टर सञ्जय तामाङ, सिटोङको लागि पास्टर अनिल राई क्षितिज, बिजनबारीको लागि पास्टर ध्रुवा जोनाह चयन गरिएको छ।

सभामा निर्णय लिएअनुसार प्रत्येक क्षेत्रका संयोजकहरूले लेखकहरूको नाम र नम्बर समूहमा जोड़न पर्ने भएको छ। त्यसरी नै अब स्रष्टा सङ्गमको सदस्यता लिनलाई वार्षिक रूपमा 200 रूपियाँ तिर्नपर्ने निर्णय पनि लिइएको छ। अब स्रष्टा सङ्गमको तेस्रो वार्षिक साहित्यिक भेटघाट कार्यक्रम आगामी 2020 को फरवरी महिनाको पहिलो सप्ताह सिलगढीमा गरिने भएको छ भने यसको लागि पास्टर शरण शरदलाई संयोजक बनाइएको छ। सभामा सिक्किम, दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, सिलगढी, सोनादा, डुवर्स, जयगाउँ, सिटोङ क्षेत्रका स्रष्टाहरू उपस्थित थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया