‘आदिवासी विकाश बोर्डबाट मात्रै जीटीए क्षेत्रका आदिवासीहरुको विकाश हुनसक्छ’

खबरम्यागजिन

रसाङ, 19 मई 2017


दार्जीलिङ आदिवासी महासभाले खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा एउटा बैठक गरेको छ। तीनधारे शाखाको सभापति विजय मुण्डाको अध्यक्षतामा सम्पन्न सभामा जीटीए क्षेत्रका आदिवासी बाहुल क्षेत्रहरू, पानीघट्टा, लोहागढ, सिप्टीगुढी,  मेरियनबारी,  गुल्मा, गङ्गाराम र छोटा फागु चियाबारी आदि क्षेत्रबाट आदिवासीहरू उपस्थित थिए।

मुख्य अतिथिको अखिल भारतीय आदिवासी परिषद्को राज्य स्तरीय अध्यक्ष बिर्सा तिर्की थिए। तिनले आफ्नो सम्बोधनमा जीटीए क्षेत्रका आदिवासीहरूको हित र विकाशको लागि आफ्नो तर्फबाट भरमग्दुर सहयोग गर्ने आश्वासन दिए।

दार्जीलिङ आदिवासी महासभाका केन्द्रीय सभापति सत्यनारायण बराईकले जीटीए भित्रका आदिवासीहरूको जीटीएबाट विकाश र केही फाइदा नहुँदा नै राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले आदिवासी टार्क फोर्सलाई नै आदिवासी विकाश बोर्ड बनाईदिने घोषणा गरेको बताए। तिनले आदिवासी विकाश बोर्डबाट नै राज्य र जीटीए क्षेत्रका आदिवासीहरुको बिकाश हुने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन