लेप्चा भाषालाई विश्वभरि फैलाउन गीत र नृत्य प्रतियोगिता

कालेबुङ, 19 जनवरी


इण्डिजिनियस लेप्चा ट्राइबल एसोसिएसनले लेप्चा भाषालाई विश्वभरि फैलाउन 25 जनवरीको दिन खुल्ला नृत्य र गीत प्रतियोगिता राखेको छ। इल्टा अध्यक्ष दोर्जी टी. लेप्चाले भनेअनुसार हरेक 25 जनवरीको दिन लेप्चा कल्चरल हेरिटेज अफलिफमेन्ट डे-मा यो कार्यक्रम हुने गरेको थियो। तर अघि लेप्चाहरूबीच नै यो प्रतियोगिता हुने गरेको थियो। यसपल्ट भने सबै जातगोष्ठीका, विश्वका जुनै भाषाका प्रतियोगीहरूले पनि अंशग्रहण गर्न पाउनेछन्।

उनीअनुसार गीत र नृत्यमा पहिलो हुनेलाई 50 हजार, दोस्रो हुनेलाई 25 हजार रुपियाँ पुरस्कार दिइनेछ।

‘लेप्चा भाषा संसारभरिबाट सिक्न आउँछन्, यो भाषालाई हामीभित्रै समेट्न मिल्दैन’, दोर्जी लेप्चाले भने, ‘लेप्चा भाषालाई बाहिर पनि लैजान यो प्रतियोगिता गरेका हौं। प्रतियोगितामा अंशग्रहण गर्न चाहनेहरूले टाउन हलको कार्यालयमा आएर सम्पर्क गर्न सक्नेछन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares