कुमदिनी विद्याश्रममा अन्तर आश्रम फुटबल प्रतियोगिता

खबरम्यागजिन खबरदाता

कालेबुङ, 19 मई 2017


कुमदिनी विद्याश्रमको अन्तर आश्रम फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भयो। यहाँको मेला ग्राउण्डमा सम्पन्न यस फाइनल खेल तीनवटा वर्गमा खेलाइएको थियो। विद्यालयको आठवटा आश्रमहरूलाई लिएर गराइएको यस प्रतियोगिताको फाइनलमा विद्यालयका पूर्व विद्यार्थी किरण प्रधान मुख्य अतिथी रहेका थिए भने भीम प्रधान विशिष्ट अतिथी रहेका थिए। प्रतियोगिताको बी डिभिजन खेलमा नेहरू अनि साहा आश्रममाझ खेल भएको थियो  जसमा 0 को विरूद्ध १ गोल गरेर नेहरू आश्रम विजयी बनेको थियो।

यसरी नै सी डिभिजनमा नेहरू अनि भानु आश्रम फाइनल पुगेका थिए जसमा 0 को विरूद्ध १ गोल गरेर नेहरू हाउस विजयी बनेको थियो भने मिनी डिभिजनमा पनि रबिन्द्र आश्रमलाई 0को विरूद्ध १ गोल गरेर नेहरू आश्रम नै विजयी बनेको थियो। विजयी तथा उपविजयी दलका खेलाडीहरूलाई अतिथीहरूको बाहुलीबाट ट्रफी  साथै पुरस्कारहरू प्रदान गरिएको थियो। विद्यालयका शिक्षक मोहन थापाले बताएअनुसार विद्यालयले हरेक वर्ष नै यसरी अन्तर आश्रम फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ भने विद्यालयको फुटबल दलको चयन गर्नु नै यो प्रतियोगिताको मुख्य उद्देश्य रहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन