उत्तरको जनता मेलामा मुख्यमन्त्री चामलिङले भने, विपक्षी दलहरूको मालिक बाहिर छ, दिल्लीबाट दामकाम गर्नु गान्तोकमा मान्छे आएको छ,एसडीएफको मालिक सिक्किमे जनता

विपक्षी दलको दिल्लीबाट दामकाम गर्नु गान्तोकमा मान्छे आएको छ। पार्टी खोलेर बेच्नुलाई दामकाम गरिरहेको छ।  तर एसडीएफ पार्टीले गठन गरेको 27 वर्ष भयो सरकार बनाएको 25 वर्ष भएको तर  झण्डा फेरेको छैन जनताले जहाँ राख्यो त्यहीँ बसेको छ।


गान्तोक, 20 जनवरी।


सिक्किम सरकारको चर्चित जनमुखी कार्यक्रम जनता मेलाको तेस्रो कार्यक्रम उत्तर जिल्लाको निम्ति मगन सामुदायिक खेल मैदानमा मुख्यमन्त्री पवन चामलिङको उपस्थितिमा  आइतबार सम्पन्न भयो। उत्तर जिल्लाको तीनवटा निर्वाचन क्षेत्र काबि तिङ्दा, लाचेन मङ्गन र जङ्गुका जनताको निम्ति सरकारद्वारा प्रत्यक्ष रूपमा वितरण गरिने विभिन्न 40 प्रकारको साहुलियतहरू वितरण गरियो। आम जनताको बाक्लो उपस्थितिमा आयोजित जनता मेला कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री पवन चामलिङले जनता मेलामा आउँदो वर्षदेखि नयाँ सरकारको गठन गरेर कलेजका विद्यार्थीहरूलाई काम लाग्ने गुणस्तरीय स्मार्ट फोन वितरण गर्ने नयाँ घोषणा गरे। यसैगरि उनले बजारमा बस्ने जनतालाई पनि ग्रामीण क्षेत्रका जनतालाई सरह सबै साहुलियत बराबर वितरण गरिरहेको बताए।  नानीहरूको सबै आवश्यकता सरकारले बुझ्ने गरेकै कारण कार्य गरिरहेको तथा  युवाहरूको समस्या बुझ्छु, वरिष्ठ र वृद्धहरूको समस्या बुझेर काम गरिरहेको बताए।  निशुल्क शिक्षा र मेडिकल पढ्न पाउने सरकार विश्वमै छैन भन्ने मन्तव्य व्यक्त गरे।

उनले विद्यार्थीहरूको निम्ति सरकारले थालेको विभिन्न योजना निशुल्क शिक्षाको जानकारी दिँदै यसरी निशुल्क मेडिकलसम्मको शिक्षा प्रदान गर्ने कार्य गरिनुको पछि गरीब जनताका नानीहरूलाई नोकरी गर्ने मान्छे बनाउने मान्छे मात्र होइन नानीहरूलाई गरिखान सक्ने सिक्किमलाई थाम्न सक्ने बनाउनुको रहेको बताए। उनले अहिले सरकारले भगवान र ईश्वरले भन्दा पनि धेरै कार्य सरकारले गरिरहेको अवगत गराए।

राज्यमा राजनैतिक परिवर्तनको कुरा गर्ने विपक्षी दलहरूको पछि नलाग्ने जनतालाई आह्वान गर्दै
उनले परिवर्तन गर्नु भनेको हामीले बनाइदिएको घर भत्काउनु जस्तो हो भने। उनले  सिक्किमे जनताले एसडीएफ छोड्नु भनेको माछाले पानी छोड्नु जस्तो हो माछाले नदी र पानी छोड्नु हो तर पानी छोडेपछि एकैछिन बाँच्दैन माछा त्यसैले एसडीएफ पार्टी  र सिक्किमे जनता माछा र पानी जस्तो हो भने। एसडीफ सरकार आएपछि मात्रै सिक्किममा सबैलाई राम्रो भएको हुनाले अहिले फेर्नुपर्छ भन्ने सरकार परिवर्तन गर्नुपर्छ भन्नेहरू रहेको तर आमा-बाबु पुरानो भयो भने फेर्नु हुन्छ भन्ने प्रश्न गर्दै एसडीएफ सरकारले आमा-बाबुले भन्दा राम्रो काम जनताको निम्ति गरिरहेको बताए। जनता मेला गरिगरि विकास बाढ्ने कार्य आमा बाबुले भन्दा राम्रो गरिरहेको बताए। जसको नाम छुटेको छ, जुन घरमा सरकारी नोकरी पाउन छुटेकोलाई फरवरीको प्रथम हप्तामा लगाइहाल्ने र नाम छुटेको भए पञ्चायत एमएलए विडियो सबैले छानबिन गरेर मुख्यमन्त्रीको कार्यालयमा कागजपत्र पठाइदिने आह्वान गरे। अस्ती पनि राम्रोसित शिक्षाको विषयमा पूर्ण जानकारी नगरिएको तथा पञ्चायतबाट गल्ती भएको र त्यस्तो गल्ती भएको छ उत्तर सिक्किममा पनि भएको भए सुधारी दिने बताए।

साहुलियत पाउनु पर्नेको नाम छुट्यो भने मुख्यमन्त्री कार्यालयमा सूचित गरिदिए वितरण गरिने बताए। चिन्ता नगर्ने बताए।

सिक्किममा रहेको एसडीएफ बाहेक अन्य राजनैतिक दलको पछि बाहिरको शक्ति रहेको बताए। सिक्किमे जनतालाई लडाएर भए पनि चुनाउमा उठ्न चाहने मात्र विपक्षी दल एसकेएम पार्टीमा रहेको गुण्डागर्दी गर्ने अनि सिक्किमको ढट्टा पट्टा नभएको सिक्किममा  बसोबासो गर्ने तथा सिक्किम बाहिरको मानिसहरूको अनि सरकारी नोकरीमा हुँदा कर्मचारी हुँदा जनतालाई दुःख दिनेहरू उक्त पार्टीमा रहेको बताए। यसैगरि जेलनेल खटेकाहरू एसकेएम पार्टीमा रहेको पनि आरोप लगाए। म सिक्किमे जनताको हेड नोकर हुँ र सिक्किमे राजा रानी भनेको सिक्किमे जनता भोटे लाप्चे नेपाली हो र हामीले राजा रानीको हुकुम मानेको छौं भन्ने मन्तव्य मुख्यमन्त्री चामलिङले व्यक्त गरे।

जङ्गुको लेप्चा परम्पराको आदिम संस्कृति आधारित जङ्गुलाई विश्वमा प्रचार प्रसार गर्ने बताउँदै  जङ्गुको पवित्रता बचाएर राखेको जनआरे। जङ्गुलाई राजनैतिक रूपमा पनि यहाँको पवित्रता बचाएर राखेको अनि जङ्गुको खाँटी लेप्चा उठाएको जनाए। जङ्गुमा बाहिरको राजनैतिक अतिक्रमण पनि नदिने बचन दिए।  आउने चुनाउमा पनि त्यसरी नै यसको पवित्रता बचाउने बताए।  उत्तर सिक्किमको निम्ति तीन वटा निर्वाचन क्षेत्रमा जनताले एसडीएफ पार्टी बोक्नु भन्दै एसडीएफ पार्टीलाई जिताएर सिक्किमे जनतालाई जिताउनु अनि निर्वाचन क्षेत्रमा गुटबाजी गर्नु नहुने बताए।

विपक्षी दलको दिल्लीबाट दामकाम गर्नु गान्तोकमा मान्छे आएको छ। पार्टी खोलेर बेच्नुलाई दामकाम गरिरहेको छ।  तर एसडीएफ पार्टीले गठन गरेको 27 वर्ष भयो सरकार बनाएको 25 वर्ष भएको तर  झण्डा फेरेको छैन जनताले जहाँ राख्यो त्यहीँ बसेको छ मुख्यमन्त्री चामलिङले भने।  सिक्किकमेको सुरक्षा  गर्ने भोटे लाप्चे नेपालीको एजेण्डामा खोलेको पार्टी एसडीएफ रहेको बताए। केन्द्रमा जहिले जुन सरकार आउँछ त्यही सित मिलेर काम गर्ने एसडीएफ पार्टी रहेको तर पार्टी मिलाएर लड्ने पार्टी होइन र आउने चुनाउ पनि  एसडीएफ पार्टी भएर लड्ने सिक्किमे जनताको सित एक भएर लड्ने बताए। उनले यो प्रसंग भारतीय जनता पार्टीको सिक्किम राज्य प्रभारी नितिन नवीनसित राज्यको विपक्षी दलहरूले भेटघाट गर्दै गठबन्धनको तयारी गरिरहेको कुरालाई इङ्गित गर्दै  उठाएका थिए।

एसडीएफ पार्टी बाहेक सबैको जरा राज्य बाहिर रहेको अनि सिक्किम बाहिर मालिक रहेको बताए। तर एसडीएफ पार्टीको मालिक भनेको सिक्किमे जनता हो हाम्रो पार्टीको स्वर्ग भने पनि देउता भने पनि सिक्किम हो सिक्किमे जनताको आर्शिवाद र आज्ञामा अनि जनताको सल्लाहमा सरकार चलाएको ठोकुवा गरे।

उत्तर जिल्लाको भ्रमणमा मगन पुगेका  मुख्यमन्त्री पवन चामलिङले आज बिहान मगनमा निर्माण गरिएका तीनवटा पूर्वाधारहरूको उद्घाटन गरे।  सबैभन्दा पहिले मुख्यमन्त्रीले मगन सपिङ कम्प्लेक्स परिसरमा निर्माण गरिएको जैविक सब्जी केन्द्र अनि मगन जिल्ला अस्पतालमा ट्रमा सेण्टर र टी. बी अस्पतालको उद्घाटन गरे। कार्यक्रम स्थानीय विधायक मन्त्रीगण सरकारी अधिकारी र व्यापक संख्यामा पञ्चायतहरूको उपस्थिति रहेको थियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया