31 जनवरी मोदी सिलगढी आउने: पहाड विषय पनि बोल्ने सम्भावना

सिलगढी, 24 जनवरी


लोकसभा चुनाउअघि भाजापाका ठूला नेताहरू बङ्गाल पस्न शुरु गरेका छन्।  भाजपाको राष्ट्रीय अध्यक्ष अमित शाहपछि अब प्रधानमन्त्री नरेन्द्र मोदी सिलगढी आउनेछन्।

31 जनवरी उनी सिलगढी आउने तय भएको छ।  हिजो भेनस मोडमा भाजपा जिल्ला समितिको बैठक पनि भएको छ।  भाजपा मिडिया सेलका संयोजक सप्तर्षि चौधरीले  सिलगढीमा हुने प्रधानमन्त्रीको जनसभाको तयारी चलिरहेको बताएका छन्।

जनसभा कहाँ हुन्छ, त्यो तय भइसकेको छैन।  जनसभाबाट मोदीले पहाडको विषय़लाई पनि सम्बोधन गर्ने सङ्केत छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया