‘अनुमति देउ, विमल गुरुङ र भाजपाले दार्जीलिङमा दैनिक जनसभा गर्नेछ’

‘कसैले झुटो मामिला थोपेर र पुलिसको बलमा गणतन्त्रको आवाज दबाउन सक्दैन। दबाउन खोज्नेहरूलाई जनताले दबाउनेछन्। विनय तामाङहरूले पैसाले मान्छे किन्न सक्लान्, स्वाभिमान किन्न सक्दैनन्। विनय तामाङले पहाडका मान्छेको स्वाभिमानमा नै चोट पुऱ्याएका छन्। त्यसको जवाब जनताले व्यालेटमार्फत दिनेछन्।’


सिलगढी, 25 जनवरी


पुलिस र सरकारको आडमा विनय तामाङले पहाडको गणतन्त्रलाई गोजीमा बोकेर हिँडेको उत्तर बङ्गाल भाजपा संयोजक रथिन्द्र बोसले बताएका छन्। विनय तामाङले विमल गुरुङ र रोशन गिरीलाई ‘दार्जीलिङ आइज’ भनिरहेका छन्। यसपल्ट तृणमूल काङ्ग्रेसको उम्मेदवारलाई डेड लाख भोटले पहाडबाट विजय बनाएर पठाउने पनि बताइरहेका छन्।

तर रथिन्द्रले पहाडमा तृणमूल काङ्ग्रेसले आफूलाई बेच्नेहरूको सहयोगमा जति नै चुरिफुरी गरेपनि जित भने भाजपा कै हुने जनाएका छन्।

‘मुख्यमन्त्रीले पहाडमा गणतन्त्र छ भनिरहन्छिन्, तर कुनै दललाई जनसभा गर्न दिँदैनन्,’ उनले भने, ‘मुख्यमन्त्रीले अनुमति दिउन्, विमल गुरुङ र भाजपाले दैनिकरूपमा पहाडमा जनसभा गर्नेछ।’

भाजपाले ढिलोछिटो गोर्खाहरूको मुद्दालाई सम्बोधन गर्ने र प्रधानमन्त्रीले आफ्नो वचन पूरा गर्ने भन्दै सबै कुराको सही समय आउने पनि बताएका छन्। ‘चाहने वित्तिकै सबै कुरा हुँदैन, सही समयमा सबै कुरा हुन्छ,’ उनले भने।

विनय तामाङहरूको वयानबारे पनि बोसले कुरा खोले, ‘ विनय तामाङहरू ममता व्यानर्जीलाई खुशी बनाउन विभिन्न वयानबाजी गरिरहेका छन्। तर वास्तविकता चुनाउपछि नै खुलिनेछ।’

उनले विमल गुरुङको पक्षमा पनि कुरा गर्दै भने, ‘कसैले झुटो मामिला थोपेर र पुलिसको बलमा गणतन्त्रको आवाज दबाउन सक्दैन। दबाउन खोज्नेहरूलाई जनताले दबाउनेछन्। विनय तामाङहरूले पैसाले मान्छे किन्न सक्लान्, स्वाभिमान किन्न सक्दैनन्। विनय तामाङले पहाडका मान्छेको स्वाभिमानमा नै चोट पुऱ्याएका छन्। त्यसको जवाब जनताले व्यालेटमार्फत दिनेछन्।’

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया