पर्यटक रमाए सिटोङ महोत्सवमा

खरसाङ, 31 जनवरी


सिटोङ पर्यटन महोत्सव सकियो। सिटोङ ईको ट्राभलर्स वेलफेयर्स सोसाइटी र सिलगढी विन्डोसले पश्चिम बङ्गाल पर्यटनसित मिलेर यो महोत्सव गरेको थियो। डायरी गाउँ खेल मैदानमा भएको महोत्सवलाई जीटीए बीओए उपाध्यक्ष अनित थापाले उद्घाटन गरेका हुन्।

तीनदिन विभिन्न सांस्कृतिक कार्यक्रम, साँझसाँझ साङ्गीतिक कार्यक्रम भयो। स्थानीय कलाकारहरू प्रणय गुरूङ, किशोर राई, सौरभ मधुर राईले साङ्गीतिक प्रस्तुति दिन भ्याए। पर्यटकहरूले सिटोङ क्षेत्रमा बर्ड वाचिङ्ग र प्राकृतिक सुन्दरताले भरिएको स्थानहरूमा फोटोग्राफीको मजा लिएका थिए।

सिटोङ क्षेत्रका स्कूलहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता पनि भयो। 10 वर्ष मुनिकाहरू र 11 वर्षदेखि माथिकाहरू गरी दुईवटा वर्गमा उनीहरूले भाग लिए। 0 वर्षमुनि क्याटागोरीमा ज्ञानकुञ्ज एकाडेमी प्रथम र दोस्रो  अनि भिलेज मोन्टेसेरी तेस्रो भए। 11 वर्षमाथि क्याटागोरीमा केएन मेमोरियल पहिलो र दोस्रो अनि तकदाह मिशन स्कूल तेस्रो भए।

पर्यटकहरूलाई जोगीघाटदेखि लेप्चा फल्ससम्म लगभग 3 किलोमीटरसम्म ट्रयाकिङ पनि गराइयो। पर्यटकहरूलाई लिएर रक् क्लाम्बिक र रिभर क्रसिङ जस्ता साहसिक पर्यटनको कार्यक्रम पनि भयो। सांस्कृतिक कार्यक्रम अन्तर्गत लेप्चा,शेर्पा नृत्यहरू पनि राखिए। खरसाङको साङ्गीतिक टोली बागिनाद्वारा साङ्गीतिक कार्यक्रम गऱ्यो। यता म: म: खाने प्रतियोगिता पनि राखिएको थियो।

यस अवसरमा सिटोङ पर्यटन महोत्सवको तत्त्वाधान र सिटोङ साहित्य मञ्चको आयोजनामा लिटरेरी मिट् कार्यक्रम पनि सम्पन्न भयो। यसमा अध्यक्षको रूपमा गीतकार एलबी थापा, प्रमुख अतिथिको रूपमा बीपी मल्ल अनि विशिष्ट अतिथिको रूपमा महेन्द्र थापा उपस्थित थिए।

जितेन्द्र खवास अमूर्तले सञ्चालन गरेको यस साहित्यिक कार्यक्रममा  सिटोङ क्षेत्रका स्रष्टाहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रकाश हाङखिम, लाडुप रोङकप, मिलन लामा रोगी, सञ्जीव छेत्री, बुनु शर्मा, सन्ध्या आचार्य, सुशिल मुखिया, नितेश राई , जितेन्द्र खवास अमूर्तले आफ्ना आफ्ना रचनाहरू पनि पठन गरेका थिए।

अर्को पाली बहुभाषी साहित्यिक कार्यक्रम गरिने भएको छ। तीन दिने सिटोङ पर्यटन महोत्सवमा स्थानीय र जातीय खानपानहरू पनि विभिन्न स्टलहरूमा राखिएको थियो। यस महोत्सव आयोजक समितिमा लभापति बिक्रम राई, सचिव तितस लेप्चा अनि संयोजक देवाशिष चक्रवर्ती थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया