‘छिरिङ दाहालबाट आश्वासन त राम्रै पाइएको छ’

बिजनबारी, 31 जनवरी


चौरस्तामा एक वर्षे तालिम प्राप्त बेरोजगार प्राथमिक प्रशिक्षित शिक्षक सङ्गठनका सदस्यहरू भेला भए। सङ्गठनका अध्यक्ष प्रमोद राईले १२१ जनाको नियुक्तिबारे चर्चा र अर्को नियुक्तिबारे सरसल्लाह गर्न भेलिएको बताए।

उनीहरू १९८० साल तिरै बीटी गरेर अथवा शिक्षक तालिम लिएर बसेका हुन्। तर विगतको नेतृत्ववर्ग पारदर्शी भएन। न संवेदनशील नै। जो होस्, यसपल्ट जिटिए सत्तामा आएको नेतृत्वमाथि भरोसा थियो, तर यसपल्ट पनि त्यस्तै भयो, जस्तो अघिदेखि भइरहेको थियो। अब फेरि पनि नियुक्ति हुनेवाला छ। त्यो चाँही राम्रो होला कि भन्ने उनीहरूलाई लागेको छ।

‘अबको नियुक्तिमा पहिलेको जस्तो भाइ भतिजावाद र पार्टी क्याडर भन्ने सवाल आउदैन होला भन्ने आशा छ,’ राईले भने, ‘किनभने अहिले जीटीए अध्यक्ष साथै जिल्ला प्राथमिक शिक्षा अध्यक्षा शिक्षित छन्।’

उनीहरूअनुसार राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले  १२१ जना प्राथमिक शिक्षक नियुक्ति गरेर पहाडमा दीर्घ दिनदेखि थाँतीमा रहेको प्राथमिक पाठशाला शिक्षक नियुक्तिको प्रक्रिया शुरु गरेकी छन्। यो निक्कै आशा लाग्दो कुरा पनि हो। अब जिटिएले पनि आफ्नो कार्यक्षमताको प्रयोग गर्ला।

‘लोकसभा चुनावभन्दा पहिले नै एनसीईआरटीको कुनै पनि शर्त बिना नै वर्तमान नियुक्ति प्राप्त शिक्षकहरुलाई झैं नियुक्ति दिइयोस्, हाम्रो यही माग हो,’ राईले भने, ‘पहाडमा शान्ति बहालीको निम्ति बिनय तामाङ र अनित थापालाई ती सङ्कटको समयमा सर्वप्रथम भातृसङ्गठनको हिसाबले साथ दिएर समर्थन जनाउने पनि हाम्रै सङ्गठन त थियो।’

दुःखको बेला साथा दिनेलाई नियुक्तिको बेला भुलिदिने पो कि भन्ने भय रहे पनि उनीहरूलाई जीटीए अध्यक्ष, उपाध्यक्ष साथै प्राथमिक जिल्ला शिक्षा परिषदका अध्यक्ष छिरिङ दाहालले न्याय दिने आशा रहेको पनि राईले सुनाए।

सचिव सुजन हाङ सुब्बा, सल्लाहकार प्रभात पाख्रिनले पनि सबैलाई सम्बोधन गरे। छिरिङ दाहाललाई उनीहरूले ज्ञापन पनि चढाए। ‘आश्वासन त राम्रै पाइएको छ,’ राईले सुनाए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares