121 जनाको नियुक्तिमा धाँधली भयो भन्ने कुरा सरासर गलत हो-महन्त

‘यसपल्टको नियुक्ति प्रक्रियामा सबै भन्दा महत्व 19 बर्ष सम्म निस्वार्थ स्वंयसेवी गर्ने शिक्षक, शिक्षिकाहरूलाई नियुक्ति  दिइएको छ। 121 जनाको नियुक्तिमा धाँधली भयो भन्ने कुरा सरासर गलत हो। एच°पी°टी°ओ° यस कुराको खण्डन गर्दछ।  पाँच लाँख रूपियाँ थापेर नियुक्ति दियो भन्ने हल्ला छ भनेर खबर छाप्नु जिम्मेवार पत्रकारिताको सही कार्य पटक्क होइन। सङ्गठनको पक्षबाट खण्डन गरियोस् भन्ने चहान्छौं। यस्तो खबरले हाम्रो सङ्गठन अनि इज्जत माथि चोट लागेको छ। जसको खण्डन गर्दछौं। हल्ला सुनेर खबर लेख्नुले शिक्षित समाजलाई नै भङ्गाल्ने कार्य हुँदछ। एक जिम्मेवार पत्रकारले प्रमाणको आधारमा खबर छाप्न पर्छ हल्लाको आधारमा होइन। यी कुरोलाई बुझेर नै खबर छापिदिने आग्रह उक्त खबर छाप्ने पत्रकारलाई निवेदन गर्दछौं।’


दार्जीलिङ, 31 जनवरी


हालै दार्जीलिङ पहाड़मा राज्य कि मुख्यमन्त्रीद्वारा 121 जना प्राथमिक पाठशालाका स्वंयसेवी शिक्षक/शिक्षिकाहरूलाई स्थायीकरण गर्दै नियुक्ति प्रदान गर्ने कार्य भयो। यसमा हिल प्राइमेरी टेम्पोरेरी टिर्चस अर्गनाइजेशनले मुख्यमन्त्री ममता व्यानर्जी र राज्य सरकारप्रति आभार व्याक्त गरेको छ। अर्गनाइजेशनले 2017 देखि नै उक्त प्रकियामा अघि बढाउन प्रमुख भुमिका निर्वाह  गरेको भन्दै जीटीए अध्यक्ष विनय तामाङ, उपाध्यक्ष  अनित थापा, प्राइमेरी स्कूल बोर्डका अध्यक्षा छिरिङ दाहालप्रति पनि आभार प्रकट गरेको छ।

अर्गनाइजेशनका सचिव दिनेश महन्तले विज्ञप्ती जारी गरेर भनेका छन्, ‘आउने दिनहरूमा अन्य छोड़िएका सङ्गठनहरू शिक्षक,शिक्षिकागण हाइयर सेकेण्डरी, हाइ स्कूलका स्वंयसेवी, न्यू-सेट-अप, बी°टी°, पे व्याण्ड, प्यारा अनि प्राथमिक पाठशालाका अन्य रहल स्वंयसेवी शिक्षक/शिक्षिकाको स्थायीकरणको निम्ति राज्य सरकार र जीटीएद्वारा संयुक्तरूपमा पहल भइरहेको छ र हाम्रो सङ्गठन एच°पी°टी°ओ°द्वारा उक्त पहलको स्वागत जनाउँदछौ।’

महन्तअनुसार अर्गनाइजेशन पहाड़का शैक्षिक संस्थानहरूमा रहेको स्वयंसेवी शिक्षिक,शिक्षिकाहरूको स्थायीकरण हुनेकुरोमा आशावादी छ। जसरी 121 जना स्थायी भए उसरी नै राज्य सरकार अनि जीटीएले अन्य रहल स्वंयसेवी शिक्षक, शिक्षिकाहरूलाई पनि स्थायी गरियोस्। ‘रहल स्वंयसेवी शिक्षक, शिक्षिकाको स्थायीकरणको निम्ति एच° पी° टी°ओ° सदैव साथ रहने बचनबद्धता जाहेर गर्दछौं,’ महन्तले भनेका छन्।

‘यसपल्टको नियुक्ति प्रक्रियामा सबै भन्दा महत्व 19 बर्ष सम्म निस्वार्थ स्वंयसेवी गर्ने शिक्षक, शिक्षिकाहरूलाई नियुक्ति  दिइएको छ। 121 जनाको नियुक्तिमा धाँधली भयो भन्ने कुरा सरासर गलत हो,’ महन्तले भनेका छन्,  ‘एच°पी°टी°ओ° यस कुराको खण्डन गर्दछ।  पाँच लाँख रूपियाँ थापेर नियुक्ति दियो भन्ने हल्ला छ भनेर खबर छाप्नु जिम्मेवार पत्रकारिताको सही कार्य पटक्क होइन। सङ्गठनको पक्षबाट खण्डन गरियोस् भन्ने चहान्छौं। यस्तो खबरले हाम्रो सङ्गठन अनि इज्जत माथि चोट लागेको छ। जसको खण्डन गर्दछौं। हल्ला सुनेर खबर लेख्नुले शिक्षित समाजलाई नै भङ्गाल्ने कार्य हुँदछ। एक जिम्मेवार पत्रकारले प्रमाणको आधारमा खबर छाप्न पर्छ हल्लाको आधारमा होइन। यी कुरोलाई बुझेर नै खबर छापिदिने आग्रह उक्त खबर छाप्ने पत्रकारलाई निवेदन गर्दछौं।’

महन्तले पे ब्याण्डका कर्मचारीहरूको स्थायीकरण होस् भन्ने माग सङ्गठनको रहेको नि, पे ब्याण्ड मात्र होइन सबै रहल शैक्षिक संस्थान रहेका स्वंयसेवी शिक्षक,शिक्षिकाहरू स्थायीकरणको माग पनि हिल प्राइमेरी  टिर्चस अर्गनाइजेशन रहेको बताएका छन्।

‘121को नियुक्तिमा एक पैसा बिना निस्वार्थरूपमा कार्य गरिरहेका स्वंयसेवी शिक्षक, शिक्षिकाहरूले नियुक्ति पाएका हुन्। पे व्याण्डका कर्मीहरूले हालका दिनसम्म सरकारको पक्षबाट आर्थिक  सहायता मासिक वेतनकोरूपमा पाइरहेका छन्,’ उनले भनेका छन्, ‘तर हाल जति पनि शैक्षिक संस्थानमा रहेका निस्वार्थरूपमा नै मासिक वेतन बिना नै गरिरहेका छन्। यसोसले स्वंयसेवी  शिक्षक,शिक्षिकाहरू स्थायीकरण होस्। हामी पे ब्याण्डका कर्मीहरू पनि स्थायी होस् भन्ने हाम्रो माग रहेको छ।’

121को नियुक्तिमा कहीँ पनि कतै पनि 5 लाँख रूपियाँ नउठाएको पनि महन्तले बताएका छन्। ‘पाँच लाख त के पाँच कन्ची पनि उठाएका छैनन् अनि धाँधली भएको कुरो पट्टकै होइन। यस्तो प्रकारको अफवाह र हल्लाले फेरि हुने नियुक्ति प्रक्रियामा असर पर्न सक्छ,’ उनले भनेका छन्, ‘राज्य सरकार अनि जीटीएले सकारात्मक सोच राखेर सबैलाई स्थायीकरण होस् भन्ने सोचेको छ तर यस्तो अफवाह र हल्लाले राज्य सरकार अनि जीटीए नकारात्मक  बन्न सक्छ। अन्य रहल स्वंयसेवीको नियुक्तिमा बाधा पुगे नोक्सान पहाड़को नै बेरोजगार शिक्षित जमातलाई नै हुनेछ। यसोस्ले कागले कान लग्यो भनेर कागको पछि पछि नकुदेर पहिला कान छामेको नै असल हुनेछ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया