खरसाङ प्रिमियर लीग शुरू

खबरम्यागजिन खबरदाता

खरसाङ, 19 मई/2017


शुक्रबारदेखि यहाँको भिक्टोरिया स्कूलको खेल मैदानमा खरसाङ प्रिमियर लीग शुरू भएको छ। लीगमा स्थानीय 8 दलले भाग लिएका छन्। आज पहिलो दिन दुइवटा खेल भए। पहिलो खेल डिफेण्डिङ च्याम्पियन एथ्लेटिको फूटबल खरसाङ र मकैबारी स्पोर्टिङ क्लबबीच सम्पन्न भयो, जसमा एथ्लेटिको फूटबल खरसाङले ह्याकुलोले मिच्दै मकैबारीलाई 11-2 को फराकिलो गोलअन्तरले पराजित गऱ्यो। यसैगरी आजै खेलिएको दोस्रो खेलमा नयाँ बस्ती फूटबल क्लबले मण्टिभियट युनाइटेड स्पोर्टिङ क्लबलाई 1-0 –ले पराजित गऱ्यो। यो लीग विजेता दलले प्रतिवर्ष खेलाइँदै आएको प्रतिष्ठित शहीद गोल्ड क्लबमा सोझै प्रवेश पाउनेछ। आयोजक खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घले खरसाङमा फूटबललाई प्रोत्साहन दिन नै यो प्रिमियर लीग आयोजना गरेको हो। लीगको अङ्कतालिकामा शीर्ष पाँच दललाई नगद राशि प्रदान गर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन