विपक्षी दलहरू त्यागेर सत्तारूढ एसडीएफमा सामेल हुनेको बाढी उर्लियो

गान्तोक, 2 फरवरी। हिमाली राज्य सिक्किमा आउँदो विधानसभा चुनाउलाई लिएर बढ्दो राजनैतिक तापक्रमको बीच देशकै सबैभन्दा लामो समयदेखि निरन्तर सत्ता सञ्चालन गर्दै आएको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीमा जनताको आस्था अझ बलियो बन्दै आएको छ। यसैक्रममा राजधानी गान्तोकको सम्मान भवनमा एसडीएफ अध्यक्ष तथा मुख्यमन्त्री पवन चामलिङको उपस्थितिमा पूर्व र पश्चिम जिल्लाका 6 वटा निर्वाचन क्षेत्रका लगभग 11 सय परिवारले विभिन्न विपक्षी दल त्यागेर एसडीएफको झण्डा समाते। मुख्यमन्त्री चामलिङले पश्चिम जिल्लाको योक्सोम टासिडिङ, मानेबुङ देन्ताम र सोरेङ च्याखुङका विपक्षी दल एसकेएम समर्थकहरूलाई खादा माला लगाएर पार्टीको सदस्यता दिँदै स्वागत जनाए। यसैगरि पूर्व जिल्लाको तादोङ, पाण्डम र रूम्तेक मार्तम निर्वाचन क्षेत्रका भारतीय जनता पार्टी, एसकेएम का समर्थकहरूलाई पनि एसडीएफ पार्टीमा सामेल भएकोमा स्वागत जनाए।
गत दुइ दिनदेखि विपक्षी दलहरूमा अब आस्था नरहेक दाबी गर्दै दल त्याग गरेर एसडीएफमा सामेल हुने क्रम चलिरहेको छ। यो क्रम निरन्तर जारी रहने पश्चिम जिल्लाका एसडीएफ अध्यक्ष शेरहाङ सुब्बाले बताएका छन्।
पार्टी समर्थकहरूलाई स्वागत गरिसके पछि आफ्नो सम्बोधन राख्दै मुख्यमन्त्री पवन चामलिङले आउँदो चुनाउ जनता र सिक्किमको भविष्य सुरक्षाको निम्ति रहेको बताए। यसैगरि उनले आजदेखि पार्टीमा सबैलाई स्वागत गरेको अनि जात, धर्मको भ्रम फैलाउने अवसरवादी दलहरूको पछि नलाग्ने आह्वान गर्दै आजैदेखि पार्टीको जिम्मेवारी लिएर अहिलेसम्म रहेको सबै मनोमालिन्य भुलेर सिक्किम र सिक्किमेको भविष्य सुरक्षा गर्ने दिशामा लागि पर्ने आह्वान गरे।
उनले एसडीएफ पार्टी भनेको सिक्किममा गरीबलाई उठाउने र गरीबको निम्ति भएको एउटै राजनैतिक दल एसडीएफ पार्टी रहेको बताउँदै मुख्यमन्त्रीले अन्य राजनतैकि दलहरूले परिवर्तनको हाँक पिट्न गरेको भए पनि उनीहरूको साख सिक्किममा नभएर मालिकको इसारामा काम गर्दै आएको बताउँदै जनतालाई भ्रमित हुनबाट बाँच्ने बताए।
बाइटः शेरहाङ सुब्बा पश्चिम जिल्ला अध्यक्ष शेरहाङ सुब्बा, एसडीएफमा सामेल हुने भाजपाका समर्थक

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares