प्रति अग्निपीडितलाई एकलाख रुपियाँ

कालेबुङ, 2 फरवरी


२४ अगस्तको रात अलगढा बजारमा आगोको चपेटमा परेर ७ वटा पसल जलेर खाक भएको थियो। आग्निपीडितहरूलाई जिटिएले आज प्रतिपसल एक लाख गरेर क्षतिपूर्ति प्रदान गरेको छ। कालेबुङ जिल्ला रिलिफ कमिटीका संयोजक पङ्कज छेत्रीले आज उनीहरूलाई चेक प्रदान गरेका छन्।

‘अघि पनि दुःखद घड़ीमा हामीले पार्टीको पक्षबाट धेर-थोर आर्थिक  सहयोग गरेका थियौं,’ छेत्रीले भने, ‘तर आज गएर जिटिए विओएको सहयोगमा हामीले अग्निपीड़ितहरूलाई नगद राशि एक लाख रूपियाँ गरेर प्रदान गरेका हौं।’

उनले पीडितहरूलाई सहयोग गरेवापत जिटिए विओए अध्यक्ष विनय तामाङ अनि उपाध्यक्ष अनित थापालगायत जिटिए सदस्य सञ्चबीर सुब्बाप्रति आभार प्रकट गरेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares