‘वसन्त विद्रोह’ लिएर आउँदै रमेश थापा

गैरीबास, 4 फरवरी


लामो समयदेखि साहित्य लेखनमा लागिपरेका गैरीबासका कवि रमेश थापा पहिलो कविता सड्ग्रह ‘वसन्त विद्रोह’ लिएर आइइरहेका छन्। ‘६ फरवरीको दिन विमोचन गर्ने तयरी चलिरहेको छ,’ थापाले सुनाए। गैरीबास उच्च माध्यमिक विद्यालय परिसरमा सम्पन्न हुने यस कार्यक्रममा कवि गोष्ठीसँगै साड्गीतिक कार्यक्रम पनि समावेश गरिएको छ।

जसमा गैरीबास, दलगाँउ, जलढका तथा डुवर्सका कवि कलाकारहरुले आफ्नो प्रस्तुति दिने छन्। उल्लेखनीय छ, कवि थापाका कविता, कथा, लेख, निबन्ध, समीक्षा आदि विभिन्न पत्र पत्रिकामा प्रकाशित छन् भने पुस्तकाकार रुपमा उनको यो पहिलो कृति हो।

गैरीबास साहित्य मन्चको तत्वावधानमा हुने यस विमोचन कार्यक्रमपछि  यस कृतिको प्रोमो कार्यक्रम बृहतरुपमा  माध्यमिक परीक्षापछि अलगढामा सम्पन्न हुने कुरो थाहा लागेको छ। उल्लेख्य छ, कवि थापा अलगढा उच्च माध्यमिक विद्यालयका सहशिक्षक हुन् ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares