को हुन् त सिबीआइले आरोपी बनाएका राजिव कुमार?

राजिव कुमारलाई आरोप छ, उनले एसआईटीमा रहँदै आफ्नो पदको दुरुपयोग गरेका छन्।  एसआईटीका अध्यक्ष हुँदा राजिव कुमारले जम्मू-कश्मीरमा शारदा प्रमुख सुदिप्त सेन र उनका सहयोगी देवयानीलाई पक्राउ गरेका थिए। उनीहरूबाट पाइएको डाइरी राजिव कुमारले लुकाएका छन्।  किन भने डायरीमा ती तृणमूल काङ्ग्रेस नेताहरूको नाम छ, जसले चिटफण्ड कम्पनीबाट पैसा लिएका थिए। त्यो डाइरीको खोजीमा छ सिबीआइ। डाइरीमा नै छ तृणमूल काङ्ग्रेस नेताहरूको भविष्य पनि। ती नेताहरूको नाम सार्वजनिक हुने वित्तिकै तृणमूलको सरकार ढल्छ। यो कुराले ममता व्यानर्जी अत्याधिक डराएकी छन्। त्यसैले हो उनी धर्नामा बसेकी छन्। व्यानर्जीले सिबीआईले केन्द्रको इशारामा काम गरेको आरोप लगाएकी छन्।


कलकत्ता, 4 फरवरी


हजारौं करोड़ रुपियाँको शारदा चिटफण्ड घोटालामा आरोपित कोलकाताका पुलिस कमिश्नर राजिव कुमारलाई सोधखोज गर्न हिजो सिबीआइको टोली उनको घर गएको थियो। यसैको विरुद्धमा  मुख्यमन्त्री ममता व्यानर्जी धर्नामा बसिन्।

राजिव कुमार पश्चिम बङ्गालको 1989 व्याचका आईपीएस अधिकारी हुन्। उनी अहिले कोलकाता पुलिस आयुक्त छन्।

कुमार ममता व्यानर्जीको नजिकका मानिन्छ।  उनलाई 2016 मा सुरजित कर पुरकायस्थको ठाउँमा कोलकाता पुलिस आयुक्तको रूपमा नियुक्त गरिएको थियो।  जसलाई सीआईडी विभागमा प्रमोट गरियो।  कुमार यसअघि कोलकाता पुलिस आयुक्त, बिधाननगर पुलिस आयुक्तालय र विशेष कार्य बल (एसटीएफ) प्रमुख पनि बनिसकेका छन्।

त्यो भन्दा अघि कुमारले 2013 मा अघि आएको शारदा र रोजभेल्ली घोटालाहरूको जाँच गर्ने स्पेशल इन्भेस्टिगेशन टीम (एसआईटी) को नेतृत्व गरे।

राजिव कुमारलाई आरोप छ, उनले एसआईटीमा रहँदै आफ्नो पदको दुरुपयोग गरेका छन्।  एसआईटीका अध्यक्ष हुँदा राजिव कुमारले जम्मू-कश्मीरमा शारदा प्रमुख सुदिप्त सेन र उनका सहयोगी देवयानीलाई पक्राउ गरेका थिए। उनीहरूबाट पाइएको डाइरी राजिव कुमारले लुकाएका छन्।  किन भने डायरीमा ती तृणमूल काङ्ग्रेस नेताहरूको नाम छ, जसले चिटफण्ड कम्पनीबाट पैसा लिएका थिए।

त्यो डाइरीको खोजीमा छ सिबीआइ। डाइरीमा नै छ तृणमूल काङ्ग्रेस नेताहरूको भविष्य पनि। ती नेताहरूको नाम सार्वजनिक हुने वित्तिकै तृणमूलको सरकार ढल्छ। यो कुराले ममता व्यानर्जी अत्याधिक डराएकी छन्। त्यसैले हो उनी धर्नामा बसेकी छन्। व्यानर्जीले सिबीआईले केन्द्रको इशारामा काम गरेको आरोप लगाएकी छन्।

राजिव कुमारले डाइरी लुकाएपछि कोर्टको आदेशअनुसार सिबीआइले उनलाई आरोपी बनाएको हो।  साल 2013 मा पश्चिम बङ्गालको चर्चित चिटफण्ड घोटाला अघि आयो। कथितरुपमा तीन हजार करोड़ रुपियाँको यो घोटलाको खुलासा अप्रेल 2013 मा भएको थियो। आरोप छ, शारदा ग्रुपको कम्पनीहरूले  गलतरुपले निवेशकहरूको पैसा भेला गऱ्यो तर फर्काएन। त्यसपछि ममताको सरकारलाई घोटालामा संलग्न भएको आरोप लागेको हो।-एजेन्सीहरूबाट

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares