कोलकाता पुलिस विरुद्ध सिबीआईले हाल्ने गैरजमानति मुद्दा

सिबीआईले कोलकोता पुलिस, जसले हिजो उनीहरूलाई हातापाई र बाधा गऱ्यो उनीहरू विरुद्ध गैरजमानती धारा अन्तर्गत प्राथमिकी दर्ता गर्ने निर्णय लिएको छ। सिबीआईसित 40 अधिकारी थिए। जो कोलकाता पुलिसको हातापाईको शिकार भएको थिए। सबैको वयान लिइँदैछ। सबैको भिडियो रेकर्डिङ प्रमाणकोरूपमा पेस गरिने भएको छ। सिबीआइ टीम अब ठूलोस्तरमा  कानूनी लड़ाई शुरू गर्ने तयारीमा जुटेको छ।


कोलकाता, 4 फरवरी


हिजो कोलकातामा भएको घटनाको विरोधमा  सिबीआइले कोलकाता पुलिसविरुद्ध दिल्लीमा प्राथमिकी दर्ता गर्ने भएको छ। हिजो सिबीआइ टोली 2013 मा अघि आएको शारदा र रोजभेल्ली घोटालाहरूको जाँच गर्ने स्पेशल इन्भेस्टिगेशन टीम (एसआईटी) को नेतृत्व गर्ने कोलकाता पुलिस आयुक्त राजिव कुमारलाई सोधखोज गर्न गएको थियो।

तर कोलकाता पुलिसले उल्टै सिबीआई टोलीका प्रतिनिधिहरूलाई पक्राउ गऱ्यो।  सिबीआई अधिकारीहरूसित कोलकाता पुलिसले मारपिट पनि गरेको थियो। सिबीआईले भनेको छ, हामीसित कागजपत्र थियो तर पुलिसले रिसिभ गरेन। उल्टै हिरासतमा लियो।

सिबीआईले कोलकोता पुलिस, जसले हिजो उनीहरूलाई हातापाई र बाधा गऱ्यो उनीहरू विरुद्ध गैरजमानती धारा अन्तर्गत प्राथमिकी दर्ता गर्ने निर्णय लिएको छ। सिबीआईसित 40 अधिकारी थिए। जो कोलकाता पुलिसको हातापाईको शिकार भएको थिए। सबैको वयान लिइँदैछ। सबैको भिडियो रेकर्डिङ प्रमाणकोरूपमा पेस गरिने भएको छ। सिबीआइ टीम अब ठूलोस्तरमा  कानूनी लड़ाई शुरू गर्ने तयारीमा जुटेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

Related posts

Shares